मिन्स्क- बेलारुसका प्रहरीले निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरुलाई पक्राउ गरेको त्यहाँकाे गृहमन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको छ। मन्त्रालयद्वारा साेमबार जारी विज्ञप्तिमा भनिएको छ, 'पक्राउ परेकामध्ये एक हजार व्यक्ति राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन्।'
मिन्स्कमा प्रदर्शनकारीहरुले आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको मन्त्रालयले बताएको छ। राजधानीमा झडपमा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरु घाइते भएको बताइएको छ। तर सोमबार कसैको मृत्यु भने नभएको बताइएको छ।
(रासस-एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।