एजेन्सी–हङकङका प्रजातन्त्रसमर्थक उद्योगपति जिम्मी लाइ पक्राउ परेका छन्। उनलाई त्यहाँको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनका आधारमा पक्राउ गरिएको जनाइएको छ। लाइले गत वर्ष हङकङका भएको प्रजातन्त्रवादीहरुको प्रदर्शनलाई समर्थन गरेका थिए।
गत वर्ष पनि उनी पक्राउ परेका थिए। यसपटक विदेशी शक्तिसँग साँठगाँठ गरेको आरोप उनलाई लगाइएको छ। यसबारेमा हङकङका अधिकारीहरुले कुनै प्रतिक्रिया दिएका छैनन्।
उद्योगपति लाइ १ अर्ब डलरबराबरको सम्पत्तिका मालिक हुन्। उनको अखबार ‘एप्पल डेली’ ले हङकङ र चिनियाँ नेतृत्वको आलोचना गर्नेगर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।