काठमाडाैं- बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन्। शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
६१ वर्षीय दत्तलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएकाे हाे। उनकाे काेराेना परीक्षण गरिएकाे छ। परीक्षणकाे पहिलो रिपोर्ट नेगिटिभ आएको छ।
दत्तले ट्विट गर्दै आफ्नो स्वास्थ्य बारे जानकारी गराएका छन्। उनले आफू ठीक रहेकाे र डाक्टरको निगरानीमा उपचार भइरहेकाे बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।