काठमाडौं- सरकारले गत आर्थिक वर्षमा ७ खर्ब ८६ अर्ब रुपैयाँ चालु खर्च गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आर्थिक वर्षको चालु खर्च ९.७८ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा ७ खर्ब १६ अर्ब रुपैयाँ चालु खर्च भएको थियो।
मन्त्रालयका अनुसार पुँजीगत खर्च २०.७५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ४१ अर्ब रुपैयाँ पुँजीगत खर्च भएकोमा गत आर्थिक वर्षमा १ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयको भनाइ छ।
यसैगरी वित्तीय व्यवस्थातर्फ २३.६८ प्रतिशतको गिरावट देखिएको छ। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएकोमा गत आर्थिक वर्षमा १ खर्ब १६ अर्ब रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।