एजेन्सी–भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेका बेला देश छाडेका स्पेनका पूर्वराजा हुँवा कार्लोस साउदी अरब पुगेका छन्। स्पेनी मिडिया समूहले तस्बिर सार्वजनिक गर्दै कार्लोस अबुधाबी पुगेको जनाएको हो। कार्लोसले गत सोमबार देश छाड्ने घोषणा गरेका थिए।
उनले अबुधाबीको पाँचतारे होटल इमिरेट्स प्यालेसको एउटा तल्ला नै बुक गरेको जनाइएको छ। कार्लोस साउदी अरबका युवराज मोहम्मद बिन जायेद अल नाहयानसँग नजिक मानिन्छन्।
तर स्पेनी दरबारले कार्लोस कहाँ छन् भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबसँग भएको हाइस्पीड रेलको सम्झौताका विषयमा भएको भ्रष्टाचारको अनुसन्धान सुरु गरेको थियो। कार्लोसले यस प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गर्दै आएका छन्। तर अनुसन्धानलाई सघाउने बतााएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।