बेरुत- लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्कविहिन रहेका छन्। दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन्।
शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १५४ जनाकाे मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन।
६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको बताइएकाे छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १२० जनाको अवस्था गम्भीर रहेको छ।
विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्रसित अवस्थामा छन्।लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर शक्तिशाली विस्फोट भएको थियो। करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो।
(रासस-एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।