वासिङ्टन- संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ।
गत मंगलबार भएको सो भिषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ। सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन्।
यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ। सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरुका कारण भएको बताइएको छ। यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ। तर अनुसन्धानका लागि आफूहरुलाई अनुरोध नआएको संयुक्त राष्ट्रसंघका सहायक प्रवक्ता फराहन हकले बताए।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।