इस्लामावाद- पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। कोभिड–१९ नियनत्रणका लागि बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने शुक्रबार घोषणा गरेको हो।
पाकिस्तानले कोरोना भाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो।
नागरिक उड्डयन प्राधिकरण (सीएए)द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरु गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ। सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिनपछि उक्त निर्णय लिएको हो।
विदेशबाट पाकिस्तान र पाकिस्तानबाट अन्य मुलुकसँगको अन्तर्राष्ट्रिय तालिकाबद्ध उडान कार्यक्रमहरूलाई सन् २०२० को गृष्मकालीन तालिका अनुसार निरन्तरता दिने निर्णय भएको छ। यद्यपि अन्तर्राष्ट्रिय उडान सेवाहरू स्थापित मार्ग निर्देशन तथा मानकको आधारमा सञ्चालन गरिनेछन्।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।