• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

अनि लेखियो ट्विटरमा 'दोस्रो दर्जाकी'

64x64
प्रजु पन्त शनिबार, साउन २४, २०७७  ०९:२१
1140x725

काठमाडौं- लेखक साबित्री गौतमकी छोरीले मोबाइलमा आफ्नी आमाको नम्बर ‘सेभ’ गर्दा राखेको नाम हो-‘डिडिएसजी’। अर्थात्, दोस्रो दर्जाकी साबित्री गौतम।

आफ्नो नामको अघि ‘दोस्रो दर्जाकी’ लेख्ने केही सामाजिक सञ्जाल प्रयोगकर्तामध्येकी गौतम पनि एक हुन्। यसैको प्रभाव उनको छोरीको मोबाइलमा पनि देखिएको हो।

विद्यालयले भ्रमणमा लैजाने भएपछि गौतमले छोरीलाई मोबाइल किनिदिएकी थिइन्। ‘आफ्नै मोबाइल भएपछि उसले मेरो नाम डिडिएसजी भनेर सेभ गरिछ', उनले भनिन्, ‘मलाई सपोर्ट गर्न त्यस्तो नाम ‘सेभ’ गरेर राखेकी हो।’

ट्विटरमा नामको अगाडि ‘दोस्रो दर्जा’ लेखेका गौतमसहित १० जना महिला छन्। महिलाले नै आफ्नो नाम अगाडि किन दोस्रो दर्जा राखे? यसको सुरुवात कसरी भयो? आफूले आफैंलाई किन त्यस्तो लेखेका होलान्?

साँच्चै, महिलाहरु दोस्रो दर्जा नै हुन् त? हुन् भने कसले बनायो?

नामको अगाडि ‘दोस्रो दर्जा’ लेख्ने सुरुवातकर्ता हुन्, पत्रकार शोभा शर्मा। यसको कारण भने २०७५ साउन २२ गते संसदमा दर्ता भएको नागरिकता सम्बन्धी संशोधन विधेयकसँग जोडिएको छ।

झोंकले ‘दोस्रो दर्जा’
विधेयक दर्ता भएपछि आफूलाई साह्रै नरमाइलो लागेको शर्माको भनाइ छ। त्यतिमात्रै होइन, नीति निर्माताप्रति झोंक चलेको उनी बताउँछिन्। 

२०७५ साउन २२ गते समितिमा विधेयक दर्ता भएपछि शर्माले त्यसको रिपोर्टिङ गरिन्। तर घर पुगेर राम्ररी निदाउन सकिनन्। छटपटी बढेपछि नै उनले आफ्नो ट्विटर ह्याण्डलमा 'दोस्रो दर्जा' पनि थपिन्। विधेयकले पुरुषलाई पहिलो र महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको ठहर थियो उनको।

Ncell 2
Ncell 2
nimb
nimb

‘दुई वर्षअघि नागरिकतासम्बन्धी समाचार लेखेपछि म पनि त यो देशकै नागरिक हुँ, तर किन महिला र पुरुषमामा भेद भनेर झोंक चलिरह्यो', शर्माले भनिन्, ‘संविधान र उक्त विधेयकले दोस्रो दर्जाको हैसियत दिएकी महिला हुँ भन्ने व्यंग्यसहित नामअघि दोस्रो दर्जा लेखेकी हुँ।’

शर्माले 'दोस्रो दर्जा' राखेपछि लुना भट्टराई र साबित्री गौतमको फोन आयो। कुराकानीपछि उनीहरुले पनि आफ्नो ट्विटर ह्याण्डलमा दोस्रो दर्जा राखे।

लेखक गौतमको छोराले नागरिकता लिएको भर्खरै दुई महिना भएको थियो। आमाको नागरिकता लिएर जाँदा पनि जिल्ला प्रशासन कार्यालय चितवनले आमाको नाम लेख्न दिएनन्। छोराले बाबुको मात्रै नाम भएको नागरिकता बोकेर घर गए। गौतमले छोराको नागरिकता हेरिन्। आमाको नाम लेख्ने स्थानमा काटिएको थियो। उनलाई त्यो देखेर भाउन्न भयो।

जिल्ला प्रशासन कार्यालयले आमाको नाम राख्नको लागि विवाह दर्ताको प्रमाणपत्र नभएको भन्दै काटिदिएको थियो। ‘बाबुको नामबाट नागरिकता निकाल्दा विवाहदर्ता नचाहिने तर आमाको नाममात्रै राख्न पनि विवाह दर्ता चाहिने’, गौतमले भनिन्, ‘त्यसपछि म डिप्रेसनमा गएँ। शोभाले दोस्रो दर्जा राखेको बेला म तंग्रिदै थिएँ।’

यसरी सुरु भएको 'दोस्रो दर्जा' लेख्ने अभियानमा अरु पनि जोडिँदै गए। अहिले ट्विटरमा रिता, अन्जीता, लुना, मिरा ढकाल, अमता, दिप्ती गुरुङ र पल्पसा क्याफे लगायतले 'दोस्रो दर्जाकी' लेखेका छन्।

समिति बैठकका दृश्य
विधेयक छलफलका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आइपुग्यो। सांसदहरुको छलफल सुनिरहेकी पत्रकार शर्मालाई उनीहरुले व्यक्त गर्ने धारणाले झनै दिक्क बनायो। 

कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल र नेकपा नेता जनार्दन शर्माका तर्कहरु सुन्दा उनलाई उकुसमुकुस हुन्थ्यो।

कांग्रेस नेता बडू, नेमकिपा नेता प्रेम सुवालले त महिलाको नाममा सहजै नागरिकता दिए व्यभिचार बढ्छ, महिलाहरुले विदेशी सन्तान जन्माउने अभियानै चलाउँछन् भन्नसमेत भ्याए।

कांग्रेस नेता कँडेलले महिलाहरुलाई समान अधिकार दिए समाज भाँडिने, संस्कार मासिने भनी दाबी गरे।

पुरुष सांसदमा जनार्दन शर्माको हाउभाउ थर्काउने र कमाण्डरी शैलीको हुन्थ्यो, जसले पत्रकार शर्मालाई बसिरहेकै ठाउँबाट जुरुक्क उठाउँथ्यो। ‘नेता शर्माले त असाध्यै हकार्ने र हप्कीदप्की गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘युद्ध लड्दाको कमाण्डरी शैली देखाउनुहुन्थ्यो। महिला पुरुष समान हुन् त भन्ने तर समान नागरिकता दिन हुन्न भन्ने दोहोरो चरित्र उहाँहरुको देखिन्थ्यो।’

नागरिकताको सवालमा महिला र पुरुषबीच किन समानता हुनुपर्छ भनेर तर्कका साथ कुरा राख्ने दुई महिला सांसद हुन्, नेकपा नेतृ रेखा शर्मा र यशोदा सुवेदी। कांग्रेस नेतृ मिना पाण्डे र डिला संग्रौलाले पनि समान हक हुनैपर्ने तर्क राखे।

उनीहरुले गरेको तर्कमा पुरुष सांसदले जवाफ दिन त सक्दैनथे तर नागरिकतामा समानता हुनुहुँदैन भन्नेमा भने टसमस भएनन्।

नागरिकताको बहस हुँदा प्रायः नछुटाई सुनिरहेकी शर्मालाई महिलाप्रति देखिएको अविश्वासले झोंक चलाउँथ्यो। 

सांकेतिक विरोध
नेपालको संविधानमा समानताको हकसम्बन्धी धारा १८ ले ‘पुरुष र महिलाबीच कुनै पनि विभेद गरिने छैन’ भनेको छ।

संविधानको धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ। त्यस्तै, धारा ११ (२–ख) मा ‘कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नागरिक हुनेछ’ भनिएको छ।

त्यसैगरी, समानताको हक अन्तर्गत धारा १८ (१) मा उल्लेख छ- ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन।’

संविधानमा महिलाको हक थप सुनिश्चित गर्ने क्रममा धारा ३८ (१) मा भनिएको छ- ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ।’

यसो भनिए पनि नागरिकता विधेयकले भने नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले गरेको स्वघोषणासहित तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गर्‍यो। 

विधेयकमा विदेशी पुरुषसँग विवाह गरेकी महिला नेपालमा नै बस्नै चाहे उसका सन्तानले अंगीकृत र श्रीमान्‌ले नागरिकता पाउने नपाउने उल्लेख छैन। नेपालको नागरिकता प्राप्त नगर्दै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाले नागरिकता प्राप्तीका लागि पतिको देशको नागरिकता नलिएको वा लिएको भए त्यागेको प्रमाण पेश गर्नुपर्ने प्रावधान छ।

नामको अगाडि दोस्रो दर्जा राख्नु सांकेतिक विरोध भएको लेखक गौतमको भनाइ छ। ‘नेपालको संविधान र हाल प्रस्तावित नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियत दिएको छ', गौतमले भनिन्, ‘नागरिकता विधेयकप्रति इंगित गर्दै नामको अगाडि दोस्रो दर्जा राखेर सांकेतिक विरोध गरेका हौं।’

विधेयकले लैंगिक अल्पसंख्यकलाई सम्बोधन नगरेर पुरुषबाहेक अरुको लैंगिकता नस्वीकारेका कारण दोस्रो दर्जा लेख्नुपरेको नामको दोस्रो दर्जा लेखेकी लुनाको भनाइ छ।

‘यो संविधान र कानुनले त पुरुषबाहेक अन्य लिंगको लैंगिकता स्वीकारेन’, लुनाले भनिन्, ‘शोभाजीले गर्नुभएको सांकेतिक विरोध मनपर्‍यो। अनि, मैले पनि राखें।’

समाजको विभेद, शासकका कानुन
नेपाली समाज पितृसत्तात्मक रहेकोमा दुई मत छैन। समाजले मानिआएको संस्कृतिदेखि पुराना धार्मिक ग्रन्थसम्मले महिलाबारे विभेद गरेको अधिकारीवादीको बुझाई छ। धर्म संस्कृतिमा नै टेकेर संविधान, ऐन, कानुन बनाएकाले नागरिकतामा प्रष्ट देखिने गरी विभेद गरिएको लेखक गौतमको बुझाइ छ।

‘घरभित्र छोरा र छोरीलाई दैनिक जीवन र महिनावारी हुँदा गरिने व्यवहार, बिहेसँगै छोरीलाई ’दान’ गरेर श्रीमान्‌को घरमा पठाइने चलन, दान गरेर पठाइसकिएको हुनाले बाउको घरमा ऊ निर्णय र सम्पत्तिको अधिकारबाट बर्खास्त हुने चलन छ,’ गौतमले भनिन्, 'दान गरेको सामानको रुपमा श्रीमान्‌को घरकाले 'मारे पाप, पाले पुण्य' भन्ने कहावतमै आधारित रहेर गरिने दुर्व्यवहार, त्यहाँ पनि घरको निर्णय प्रक्रिया, कारोबार आदिमा बुहारीलाई सहभागी नबनाइने आजपर्यन्त चलन छ। सम्पत्तिमाथि अधिकार नदिइने तर मरुञ्जेल शारीरिक श्रमको दोहन गरिन्छ। यी सबै कारणले महिला दोस्रो दर्जामा छन्। र, त्यही दुर्व्यवहारलाई राज्यले कानुनी रुपमै संस्थागत गरिदिएको छ।’

ट्विटर अभियन्ता बबिता राई शासक पनि समाजका उत्पादन र हिस्सा भएको कारण कानुनमै विभेद भएको बताउँछिन्। ‘जस्तो संस्कारमा हुर्क्यो, त्यही सिक्ने न हो’, उनले भनिन्, ‘शासकले बहुसंख्यक समाजको मनस्थिति अनुसार नै काम गरिरहेका हुन्छन्। समाज पनि बारम्बार शासकबाट 'मिसगाइडेड' भइरहेको हुन्छ। नागरिकताको सवालमा पनि भएको यही हो।’

महिलालाई घर, समाज र राज्यमै दोस्रो दर्जाको ठानिएको अभियन्ताहरुको ठम्याइ पाइन्छ।

'डलरवादीदेखि पुरुष विरोधीसम्म'को आरोप
नेकपा पार्टी गठन हुँदा कमिटीहरुमा ३३ प्रतिशत महिला राखिएन। पार्टीको ९ सदस्यीय सचिवालयमा सबै पुरुष छन्। ४४ सदस्यीय स्थायी कमिटीमा दुई जना मात्रै महिला छन्। यसबारे नेकपाका महिला नेतृहरुले विरोध गरेको थिए। तर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एनजिओ/आइएनजिओको कुरा सुनेर समानताको कुरा नगर्न हप्काएका समाचार सार्वजनिक भए। उनले 'ट्याँउट्याउँ' नगर्न चेतावनी दिए।

नेपालमा दलित, मुस्लिम, महिला, जनजाती, पिछडिएको समुदायले अधिकार माग्दा डलरवादीको आरोप खेप्नुपर्ने अवस्था छ। प्रधानमन्त्रीले पनि त्यसमै बल पुर्‍याए।

‘दोस्रो दर्जा’लाई पनि डलरवादी र आइएनजिओको अभियान सम्झिनेहरु कम छैनन्।

लेखक गौतम यथास्थितिको विरोध गर्ने सबैलाई उहिलेदेखि डलरवादी नै भन्ने हुनाले यस्तो हुइयाँले नछुने बताउँछिन्। ‘अधिकारको कुरा गर्ने बित्तिकै डलरवादी भइने रहेछ', उनको भनाई छ, 'सिंगै देशको बजेटको त कुरा छौडौं, विश्वविद्यालयका शैक्षिक कार्यक्रम, शौचालय र फूलबारी बनाउन समेत विदेशबाट डलर सहयोग नल्याई नहुने देशका बासिन्दाले डलरवादी कसलाई भनेका होलान् भनेर हाँसोचाहिँ लाग्छ। रिस उठ्दैन।’

लेखक बबिता राई र लुनालाई पनि आजकाल ’डलरवादी’ भन्दा रिस होइन, हाँसो लाग्छ। दुवैको उस्तै भनाइ छ- ‘डलरवादी’ भनेर आरोप लगाउँदैमा उत्पीडन विरुद्धका आवाजहरु दबिने सोचेका होलान्। झन् सशक्त बन्दै जान्छ। गाली गर्नलाई अब अर्कै शब्दहरु खोजे हुने।

महिला समानताको कुरा गर्ने बितिक्कै केहीले पुरुष विरोधीको ट्याग भिराइदिन्छन्। कतिपयले पुरुषको विरोध गरेको भन्दाखेरी किन कुरा नबुझेका होलान् भन्ने लाग्दो रहेछ, लुनालाई। ‘पुरुषलाई मात्र केन्द्रमा राखेर बनाइएको कानुनको पो विरोध गरेको हो त’, उनी भन्छिन्, 'व्यवस्थाको विरोध गर्दा पुरुष विरोधी कसरी हुन्छ?’

महिलावाद भनेको पुरुषप्रतिको घृणा होइन भनेर बारम्बार स्पष्टीकरण दिनुपर्दा महिलावादीहरु हैरान नै भइसकेका बताउँछन्, बबिता राई र शशी। ‘समानताको माग गर्दा, विभेदका विरुद्धमा बोल्दा धेरै पुरुषकै विरुद्ध बोलिएको हो', उनीहरु भन्छन् ‘पितृसत्ताबाट लाभान्वित भएका कारण व्यवस्था नै उनीहरुको वरपर घुमेको हुन्छ। पुरुष भएर जन्मेकै आधारमा पुरुषले पाएका शक्ति, सुविधा र हैसियतको पो विरोध गरेको त, त्यसैलाई  विरोध मान्ने?’

कहिलेसम्म दोस्रो दर्जा?
झट्ट हेर्दा दोस्रो दर्जा अभियानै जस्तो देखिए पनि अभियान भने होइन। ईच्छा लाग्ने जतिले दोस्रो दर्जा थपेको हुन्।

दोस्रो दर्जा राख्नेहरु सबै एकैचोटी भने भेट भएका छैनन्। लेखक गौतम कहिलेकाँही जम्काभेट हुने बताउँछिन्। ‘केही चिनजानका र एकै सहरका साथी छौं, केही छैनौं। त्यसैले 'ल दोस्रो दर्जा नाम राखेकाहरु भेटौं' भनेर योजना नै बनाएर भेटघाट हुँदैन, जम्काभेट भने हुन्छ’, उनी भन्छिन्।

योजना बनाएर नभेटे जस्तै कहिलेसम्म नाम राख्ने भन्नेमा लुना भट्टराई, शशी, साबित्री गौतम, शोभा शर्मा र बबिता राईको एकै भनाइ छ- जहिलेसम्म राज्यले नागरिकतामा समान हक दिँदैन।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०९:२१
  • #दोस्रो_दर्जा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्