• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फर्किएला रियल मड्रिड? के छ म्यानचेस्टर सिटीको योजना?

64x64
नेपाल लाइभ शुक्रबार, साउन २३, २०७७  १२:३५
1140x725

काठमाडौं- १ सय ४९ दिनपछि फर्किएको च्याम्पियन्स लिग खेलमा शुक्रबार राति दुई खेल हुँदैछन्। अन्तिम १६ को दोस्रो लेग खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग साथै इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लायोनसँग खेल्नेछ। 

कोरोना माहामारीपछि युरोपमा सुरु भएका लिग फुटबल सकिँदै गर्दा युरोपयन प्रतिस्पर्धाको रौनक बढेको हो। युरोपा लिगका अन्तिम १६ का खेलहरु बिहीबार राति सकिएसँगै च्याम्पियन्स लिगमा अन्तिम १६ का बाँकी खेल हुन लागेका हुन्। 

जसमा शुक्रबार रातिको दुई खेलपछि शनिबार राति पनि दुई खेल हुँदैछन्। शनिबार रातिको खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली साथै जर्मन क्लब बायर्न म्युनिक र इंग्लिस क्लब चेल्सी खेल्नेछन्। 

म्यानचेस्टर सिटी भर्सेस रियल मड्रिड 
म्यानचेस्टर सिटीले पहिलो लेगको खेलमा रियल मड्रिडलाई उसैको मैदानमा २–१ ले हराएको थियो। तर त्यसयता स्पेनिस लिग विजेता मड्रिडमा धेरै कुरा फेरिइसकेको छ। सबैभन्दा बढी आत्मविश्वास र च्याम्पियन्स लिगमा सफल प्रशिक्षक जिनेदिने जिदानको योजना। 

सिटीको घरेलु मैदानमा यी दुई टिमबीच यो तेस्रो भेट हुनेछ। यसअघिका दुई भेट बराबरीमा सकिएका थिए। २०१२–१३ मा समूह चरणको खेलमा १–१ को बराबरी साथै २०१५–१६ मा सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी भएको थियो। यसैले विगत हेर्दा पनि सिटीको मैदानमा रियल मड्रिडलाई खेलमा फर्कन सहज देखिँदैन। 

रियल मड्रिडले पछिल्लो समय इंग्ल्याण्डमा खेलेको ११ च्याम्पियन्स लिग खेलमा पाँच खेल जितेको छ, ३ बराबरी र ३ खेलमा हार छ। जसमा मड्रिडले म्यानचेस्टर युनाइटेड, लिड्स युनाइटेड, लिभरपुल र टोटनह्यामलाई हराएको छ। 

सिटीले युरोपियन प्रतिस्पर्धामा अवे खेल जितेपछिको अवस्थामा घरेलु मैदानबाट पछि परेको इतिहास यसअघि छैन। अवे मैदानमा ७ खेल जितेको अवस्थामा सिटीले ती सातै पटक अघिल्लो चरणमा स्थान बनाएको छ। 

यो पनि पढ्नुहोस्

युभेन्टसमा रोनाल्डोको भर, च्याम्पियन्स लिगमा लायोनलाई हराउला? शुक्रबार, साउन २३, २०७७

रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानको च्याम्पियन्स लिग उपस्थिति बलियो भए पनि म्याचनेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाको अवस्था पनि कमजोर छैन। नकआउट चरणका च्याम्पियन्स लिग खेलहरुमा गार्डिओलाले प्रशिक्षकका रुपमा २८ खेल जितेका छन्। जुन जोसुकै प्रशिक्षकको भन्दा राम्रो नतिजा हो। 

nimb
nimb
Ncell 2
Ncell 2

सम्हालिनुपर्ने डिफेन्सको अवस्थासँगै रियल मड्रिडलाई म्यानचेस्टर सिटीविरुद्ध गोलमा बढ्नैपर्ने बाध्यता छ। कप्तान सर्जियो रामोस एक खेलको प्रतिबन्धमा रहेकाले मड्रिड टिममा मुख्यको खम्बाको अभाव हुनसक्नेछ। सिटीमा पनि गोलमा राम्ररी बढ्न सक्ने स्ट्राइकर अग्युरो चोटका कारण बाहिर छन्। 

युरोपियन प्रतिस्पर्धा पछिल्लो समय रामोसबिना रियल मड्रिडले खेलेका ६ खेलमा १ खेल मात्र जितेको छ। पाँच खेल हारेको छ। रामोसबिना जितेको एक खेल पनि खासै महत्वपूर्ण थिएन। यही सिजन समूह चरणको खेलमा क्लब ब्रगलाई ३–१ ले जित्दा रियल मड्रिड त्यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो।

२०१७–१८ को क्वाटरफाइनलमा युभेन्टसविरुद्ध रियल मड्रिडले पहिलो लेगमा ३ गोल हानेको थियो। दोस्रो लेगमा रामोस खेलमा थिएनन्। जहाँ युभेन्टसले तीनै गोल हानिदिएको थियो। अन्तिम समयमा लुकास भास्क्वेजमार्फत पाएको पेनाल्टीले मात्रै मड्रिड जोगिन सकेको थियो।

२०१८–१९ को च्याम्पियन्स लिग त रामोस र रियल मड्रिड दुवैका लागि निराशाजनक रह्यो। रामोसबिना सिएसकेए मस्कोसँग खेलेको पहिलो खेल नै रियल मड्रिडले १–० ले गुमाएको थियो। मस्कोसँगकै दोस्रो खेलमा पनि रामोसबिना रियल मड्रिड ३–० ले हारेको थियो।

त्यही सिजन रियल मड्रिडले अन्तिम १६ को खेलमा आयाक्सलाई पहिलो लेगमा २–१ ले हराउँदा रामोसले जानीजानी पहेँलो कार्डका लागि फोउल गरे। पहिले नै एक पहेँलो कार्डमा रहेका रामोसको उद्देश्य क्वाटरफाइनलको खेल गुमाउनुभन्दा अन्तिम १६ कै दोस्रो लेग गुमाउँछु भन्ने थियो।

तर रामोसको त्यो सोच टिमाथि भारी भयो। आयाक्ससँगको दोस्रो लेगमा रियल मड्रिड ४–१ ले पराजित हुन पुग्यो। रामोसको त्यही प्रतिबन्धले यो सिजन उनले च्याम्पियन्स लिगमा पहिलो खेलमा पिएसजीविरुद्ध खेल्न पाएनन्। जहाँ नेमार र एमबाप्पेबिनाको पिएसजीसँग रियल मड्रिड ३–० ले पराजित भएको थियो। 

रियल मड्रिडमा आबद्ध भए यता रामोसले चोट र प्रतिबन्धका कारण ३० च्याम्पियन्स लिग खेल गुमाएका छन्। जसमा समग्रमा हेर्दा भने रियल मड्रिडले १९ खेलमा जित, तीन बराबरी र ८ हार भोगेको छ।

रियल मड्रिडले जितका लागि सिटीको मैदानमा कम्तिमा दुई गोल गर्नुपर्नेछ। त्यसैले कप्तान सर्जियो रामोसबिनाको डिफेन्समा भन्दा मड्रिडले अट्याकमा नै बल लगाउनुपर्नेछ। जसमा विशेष हुनेछन् – मार्को एसेन्सियो, करिम बेन्जेमा र इडन हाजार्ड।

अहिले मड्रिड टिमको अभ्यासमा पनि त्यही गोलमा बढ्ने शैली देखिन्छ। लामो दुरीबाट सट प्रहार गर्ने र वान भर्सेस वानबाट क्रसमा बढ्ने शैलीको विकास भइरहेको छ। त्यसमा कोरोना माहामारीका कारण रोकिएपछि सुरु भएको ला लिगामा लयमा रहेका बेन्जेमा केन्द्रमा रहनेछन्।

के भन्छन् प्रशिक्षक?

जिनेदिने जिदान– रियल मड्रिड
हामीले यो खेलका लागि राम्रो तयारी गरेका छौँ। हामी अहिले खेलमा पछि परेको अवस्था छ तर पनि हामी खेलमा फर्किन पूरा मेहनत लगाउने छौँ, यो हाम्रा लागि फाइनल खेल बराबर हो। खेलमा के हुन्छ त्यो त मलाई थाहा छैन, तर दुई राम्रा टिमबीच एक राम्रो खेल अवश्य हुनेछ। हामी अगाडि बढ्नका लागि खेल्नुपर्ने हरेक खेल फाइनल खेल बराबर नै हो। त्यसमा महत्वपूर्ण कुरा हामी सबै फिट छौँ। 

पेप गार्डिओला – म्यानचेस्टर सिटी
जिदानको योजना थाहा पाउन निकै गाह्रो कुरा हो। जिदानको योजनाबारे तपाइँ आफूलाई थाहा छ भन्ने सोचिरहेको हुनुहुन्छ तर उनी नयाँ कुरा लिएर मैदान आइदिन्छन् र सबै फेरिन्छ। ला लिगा रोकिएर सुरु भएपछिका सबै खेल मैले हेरेको छु। अब हामीले के गर्न सक्छौँ भन्नेमा विचार गरेर अगाडि बढ्नुपर्छ। 

सम्भावित सुरुवाती ११
सिटी – एडरसन, वाल्कर, फर्नान्डिन्हो, लापोर्ते, योआओ क्यान्सेलो, डि ब्रायन, रोड्रि, गुन्डोगन, महरेज, जेसस र स्टर्लिङ। 

मड्रिड – कोर्टुवा, कार्भाजल, भारान, मिलिटाओ, मेन्डी, क्यासेमिरो, क्रुस, मोडरिक, हाजार्ड, भिनिसियस र बेन्जेमा।
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्