काठमाडौं-सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो शुक्रबार अर्थात् साउन १६ मा ९९ सय हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साउन २३ गते शुक्रबार आइपुग्दा प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। याे इतिहासमै धेरै हाे।
सात दिनमा सुनको मूल्य तोलामै ४२ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेकाले नेपाली बजारमा समेत मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साउन १८ मा ९९ हजार ६ सय रुपैयाँ तोकिएको सुनको मूल्य १९ गने स्थिर थियो।
साउन २० मा प्रतितोला २ सय रुपैयाँले बढेर ९९ हजार ८ सय पुगेको थियो। साउन २१ मा एकै दिन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको थियो। यस्तै साउन २२ गते बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय पुगेको थियो।
साउन २३ गते शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसैगरी चाँदी मूल्य समेत उल्लेख्य रुपमा बढेको छ। अघिल्लो शुक्रबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला २ सय २ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ पुगेको छ।
सातामा कति बढ्याे?
- साउन १६ मा ९९ हजार ३ सय
- साउन १८ मा ९९ हजार ६ सय
- साउन १९ मा ९९ हजार ६ सय
- साउन २० मा ९९ हजार ८ सय
- साउन २१ मा १ लाख १ हजार ४ सय
- साउन २२ मा १ लाख २ हजार ५ सय
- साउन २३ गते १ लाख ३ हजार ५ सय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।