काठमाडौं- सुनको मूल्य बढ्ने क्रम जारी छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो।
बिहीबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको थियो। बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदी पनि प्रतितोला ६० रुपैयाँले बढको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ६० रुपैयाँ बढेर १४ सय ५ रुपैयाँ कामय भएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।