एजेन्सी–बिस्फोट प्रकरणमा सरकारको राजीनामा माग गर्दै लेबनानको बेरुतमा सरकारविरोधी प्रदर्शन भएको छ।
सयौं प्रदर्शनकारीहरु बिहीबार राति संसद भवननेर प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षा बलले अश्रुग्याँस प्रहार गरेको छ भने झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। सरकार समाचार समितिले प्रदर्शनकारीले पसलहरु तोडफोड र आगजनी गरेको जनाएको छ। उनीहरुले प्रहरीमाथि ढुंगामुडा गरेका थिए।
गत मंगलबार राति बेरुतमा बिस्फोटक पदार्थको गोदाममा भएको बिस्फोटमा करिब डेढसय मानिस घाइते भएका थिए भने ४ हजारभन्दा बढी घाइते भएका छन्।
यसैबीच, युरोपेली संघले लेबनान सरकारले आपतकालीन सेवा र अस्पतालहरुका लागि ३३ मिलियन युरो सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।