एजेन्सी–भारतका अर्का टेलिभिजन अभिनेता मृत भेटिएका छन्। अभिनेता समीर शर्माको शव उनको मुम्बईस्थित घरमा भेटिएको हो। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
४४ वर्षीय शर्माले ‘क्यों कि सास भी कभी बहू थी,’ ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए। बुधबार राति आफ्ने फल्याटमा शर्माको शव भेटिएको थियो।
घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन। प्रहरीले शव भेटिनु २ दिनअघि नै उनले आत्महत्या गरेको आशंका गरेको छ।
बेंगलुरुबाट मुम्बई आएपछि सन् २००३ देखि उनले अभिनय यात्रा सुरु गरेका थिए। २००४ मै उनले ‘दिल क्या चाहता है’, मा काम गरेका थिए भने त्यसपछि एकता कपुरको ‘कहानी घर घर की’ मा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।