काठमाडाैं- सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार १ सय रुपैयाँले बढेको हो।
याेसँगै सुनकाे मूल्य बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढको छ। बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीकाे बिहीबारकाे मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।