एजेन्सी–लेबनानको बेरुतमा भएको बिस्फोटका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरमा बस्न पाएनन्।
बिस्फोटका कारण घर क्षतिग्रस्त भएका कारण उनीहरु दोस्रो रात पनि घरबाट बाहिर बस्न बाध्य भएका हुन्। मंगलबार राति बेरुत बन्दरगाहमा बिस्फोटक पदार्थको एक गोदाममा भएको बिस्फोटमा १ सय ३५ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन्। बिस्फोटका कारण ५ अर्ब डलरभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गभर्नर मार्वान अवौदले जनाएका छन्।
उक्त घटनाबारे अनुसन्धान गर्न उक्त बिस्फोटक पदार्थलाई भण्डारण गर्ने, सुरक्षा दिने र त्यससम्बन्धी कागजातका काम गर्ने काममा संलग्न सबै बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।