एजेन्सी-सन् १९९३ मा पूर्वी चीनमा एक व्यक्तिलाई २ किशोरहरुको हत्या आरोप लगाइयो। त्यही आरोपमा उनी २७ वर्ष जेल बसे। अर्थात्, उनले जियाङसी प्रान्तको जेलमा ९ हजार ७ सय ७८ दिन बिताए। २७ वर्ष जेलमा बिताएका झाङ युआन नामका व्यक्ति अहिले निर्दोष प्रमाणित भएका छन्।
सर्वोच्च अदालतले उनले हत्या गरेको यथेष्ट प्रमाण नभएको भन्दै उनलाई रिहा गर्ने आदेश दिएको हो। उनले प्रहरीले यातना दिएर आफूलाई हत्या स्वीकार गर्न लगाएको बताएका छन्।
रिहा भएपछि आफ्नी ८३ वर्षीया आमा र पूर्वपत्नीलाई भेटेर भावुक भएका थिए।
सन् १९९५ मा नान्चाङ अदालतले हत्यामा उनी दोषी प्रमाणित भएको भन्दै पहिले मृत्युदण्डको सजाय सुनाएको थियो, जसलाई पछि आजीवन कारावासमा परिणत गरिएको थियो। उनले लगातार आफू निर्दोष भएको बताएपछि सन् २०१९ को मार्चमा यो मुद्दाको पुनरावलोकन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।