काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको मोडालिटी र मिति तय गर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन एक कार्यदल गठन गरिएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल मिटिङ मिटिङले साधारणसभा गर्ने मिति र मोडालिटीबारे अध्ययन गरी सुझाव पेस गर्न अध्ययन समिति गठन गरेको हो।
जिल्लानगर समिति सदस्य डिबी बस्नेतको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन भएको हो। समितिमा ६ जना सदस्य छन्। समितिमा जिल्ला नगरका २ जना, वस्तुगतका २ जना र एसोसिएटका २ जना सदस्य रहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। समितिले अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समय पाएको छ।
बैठकले साउन २६ र २७ का लागि तय भएको साधारणसभा स्थगित गर्ने पदाधिकारी बैठकको निर्णयसमेत अनुमोदन गरेको छ।
गत चैतका लागि तय भएको महासंघको साधारणसभा सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभावित हुँदै आएको छ। यसअघि जेठका लागि तय भएको साधारणसभा समेत कोरोनाको संक्रमण बढेसँगै स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।