काठमाडौं- लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले पदभार ग्रहण गरेका छन्। गत सोमबारको मन्त्रीपरिषद् बैठकले भट्टलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो।
उनले बुधबार एक कार्यक्रमका बीच पदबहाली गरेका हुन्। भट्ट ४ वर्षका लागि लगानी बोर्डको सिइओमा नियुक्त भएका हुन्। बोर्डको जिम्मेवारी पाएपछि उनले राष्ट्रिय योजना आयोगको सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।