काठमाडौं- भारतीय गायिका लता मंगेशकरले एक भिडियो सन्देश पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षाबन्धन (राखी)को शुभकामना तथा बधाइ दिएकी छन्। प्रधानमन्त्री मोदीले समेत गायिका मंगेशकरलाई जवाफ दिँदै सुस्वास्थ्यको कामना गरेका छन्।
'नमस्कार आदरणीय प्रधानमन्त्री नरेन्द्र भाइ। तपाईका लागि मेरो यो राखी,' लताले लेखेकी छन्। उनले प्रधानमन्त्री मोदीसँग खिचाएको तस्बिर राखेर भिडियो बनाएर पोस्ट गरेकी छन्। यसपछि लतालाई उत्तर दिँदै प्रधानमन्त्री मोदीले भनेका छन्, 'तपाईंको सन्देश असीम प्रेरणा र ऊर्जा दिनेखालेको छ।'
'नरेन्द्र भाइ आज राखीको शुभअवसरमा म तपाईंलाई प्रणाम गर्छु। राखी त मैले आज पठाउन सकिनँ। यसको कारण सबैले जानेका छन्। नरेन्द्र भाइ तपाईंले यति काम गर्नु भयो यति धेरै राम्रा कुरा गर्नुभयो जुन देशवासीले कहिल्यै भुल्नेछैनन्,' भिडियोमा उनले भनेकी छन्।
मंगेशकरको ट्विटमा रिप्लाई दिँदै प्रधानमन्त्री मोदीले उत्तर दिएका छन्, 'लता दिदी रक्षा बन्धनको शुभअवसरमा तपाईंको यो सन्देश असीम प्रेरणा र ऊर्जा दिनेवाला छ। तपाईं स्वस्थ रहनुहोस्। दीर्घायु होस्। ईश्वरसँग मेरो यही प्रार्थना छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।