• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

नाडाले वातावरणलाई बुझायो प्रदूषण मापदण्ड स्तरोन्नति गर्दा बढ्ने लागत

लागतको बहानामा जनस्वास्थ्यमा खेलबाड हुँदै, पुराना गाडीको डम्पिङ साइट बन्दै
64x64
शिव बोहरा आइतबार, साउन १८, २०७७  १४:१०
1140x725

काठमाडौं-नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी प्रदूषण मापदण्ड स्तरोन्नति गर्दा बढ्न सक्ने लागतको विश्लेषण वातावरण मन्त्रालयलाई बुझाएको छ। वन तथा वातावरण मन्त्रालयले साउन ६ गते प्रदूषण मापदण्ड स्तरोन्नति गर्दा बढ्न सक्ने लागतको विश्लेषण गरि ७ दिनभित्र पेश गर्न भनेको थियो। 

सोही अनुसार बढ्न सक्ने लागतको विश्लेषण तोकिएको समयभित्रै मन्त्रालमा बुझाएको नाडाले जनाएको छ। हाल नेपालमा सवारी आयात गर्न युरो थ्री सरहको प्रदूषण मापदण्ड अनिवार्य छ। २०६९ मा सरकारले युरो थ्री मापदण्ड लागू गरेकोमा अब युरो फोर लागू गर्ने तयारी गरेको वातावरण मन्त्रालयले जनाएको छ। 

त्यहीअनुसार मन्त्रालयले सवारी आयातकर्ताहरुको संस्था नाडालाई मापदण्ड स्तरोन्नति गर्दा बढ्न सक्ने सवारीको मूल्यको विश्लेषण मागेको हो। मन्त्रालयले माग गरेअनुसार व्यावसायिक सवारीमा युरो थ्रीबाट युरो फोरमा जाँदा बढ्न सक्ने लागतबारे विश्लेषण गरेर बुझाइएको नाडाको कमर्सियल भेइकल समिति सभापति राजनबाबु श्रेष्ठले बताए।

नाडाको कमर्सियल भेहिकल समितिले तयार गरेको विवरण अनुसार युरो थ्रीबाट युरो फोरमा जाँदा सवारी आयातमा २२ प्रतिशत र ममर्त सम्भारमा समेत गर्दा समग्रमा ३० प्रतिशतसम्म लागत बढ्ने दाबी गरिएको छ। विवरणमा युरो फोरका सवारी आयात गर्दा युरो थ्रीको तुलनामा २२ प्रतिशत धेरै मुद्रा बाहिरिने उल्लेख छ। 

नेपालमा आयात हुने कमर्सियल भेहिकल (बस, ट्रक, टिपरलगायत) बाट मात्र वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त रकम बाहिरिने नाडाको दाबी छ। त्यसैगरी मर्मत तथा सम्भारको लागत ३० प्रतिशतले बढ्दा मुद्रास्फितीसमेत बढने नाडाले तयार पारेको विश्लेषणमा उल्लेख छ। 

मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई मंगलबार पत्र लेग्दै सवारी प्रदूषण मापदण्ड २०६९ (युरो थ्री सरह)लाई स्तरोन्नति गरी युरो फोर बनाउँदा सवारीको बढ्न सक्ने थप लागत कति हुन सक्छ विश्लेषण गरी ७ दिनभित्र विवरण उपलब्ध गराउन भनेको थियो। 

यो पनि पढ्नुहोस्

प्रदूषण मापदण्ड स्तरोन्नति गर्न तात्यो वातावरण मन्त्रालय, बढ्ने लागतको विवरण पठाउन नाडालाई पत्रमंगलबार, साउन ६, २०७७

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले वातावरण नियमावली २०५४ ले दिएको अधिकार प्रयोग गरी नेपालमा आयात हुने सवारी साधनको प्रदूषण मापदण्ड तय गर्दै आएको छ। युरो थ्रीसरहको नयाँ मापदण्ड (नेपाल सवारी प्रदूषण मापदण्ड २०६९) २०६९ सालमा लागू भएको थियो। त्यतिबेला दुई वर्षमा युरो फोरमा जाने सहमति सरकार र व्यवसायीबीच भएको थियो। तर व्यवसायीको लबिङका कारण हालसम्म मापदण्ड स्तरोन्नति हुन सकेको छैन। 

नेपालमा २०५६ देखि आयात हुने सवारीमा प्रदूषण मापदण्ड लागू भएको थियो। उक्त मापदण्ड प्यासेन्जर कार, मोटरसाइकल तथा ट्रक-बसमा लागू हुँदै आएको छ। सरकारले गएको पुसमा ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०७६’ (जुन युरो फोरसरह हुन्छ) व्यवसायीबीच छलफलका लागि पठाएको थियो। तर, उक्त मापदण्ड हालसम्म लागु हुन सकेको छैन। 

भारतमा सन् २०२० अप्रिलदेखि युरो ६ (बिएस ६) लागू भइसकेको छ।

वायु प्रदूषण धेरै हुनुमा सवारीसाधनको ठूलो भूमिका भएकाले प्रदूषण स्तरोन्नति समयानुकुल गरिनुपर्ने विषय बारम्बार उठ्दै आएको छ।  समयमा नै स्तरोन्नति गर्न सकिएन भने सवारीसाधनले गर्ने प्रदूषणको असर अझ धेरै समय लम्बिने छ। अहिले सामान्य जस्तो लागे पनि यसले भविष्यमा ज्यादै ठूलो असर पार्ने विज्ञहरुको भनाइ छ।

Xtrem

Xtrem

प्रदूषण मापदण्ड परिमार्जन नहुँदा नेपाल सवारी उत्पादक कम्पनीको ‘डम्पिङ साइट’ बनिरहेको छ। यातायात व्यवस्था विभागले २०७४ मै मापदण्ड बनाएर पठाएको थियो। तर, वातावरण मन्त्रालयले उक्त मापदण्ड स्तरोन्नति गर्न आवश्यक ठानेन।

नेपालसँग सवारी प्रदूषण स्तर जाँच्ने आफ्नो मापदण्ड छैन। नेपालले युरो स्ट्यान्डर्डलाई नै मान्यता दिँदै आएको छ। नेपालमा आयात हुने पेट्रोलियम पदार्थ करिब २ वर्ष अघिदेखि नै युरो फोर स्तरको भए पनि सवारीसाधन भने युरो थ्री स्तरका नै आइरहेका छन्। 

प्यासेन्जर कार तथा मोटरसाइकलमा समस्या नभए पनि ठूला ट्रक र बसमा भने समस्या छ। प्यासेन्जर कार तथा मोटरसाइकल युरो ६ सरहकै आउन थालिसकेका छन्। 

२०१७ मा भारतमा सवारी उत्पादक कम्पनीहरूसँग धेरै सवारी स्टक हुँदा पनि त्यहाँको सर्वोच्च अदालतले सवारी उत्पादक कम्पनीको नाफाभन्दा आम मानिसको स्वास्थ्य महत्वपूर्ण हुने भन्दै बिएस ४ लागू गर्न आदेश दिएको थियो। तर, नेपालमा व्यापारिक स्वार्थ बढी हाबी हुँदा युरो फोर लागू हुन नसकेको हो। भारतीय सवारी उत्पादक कम्पनीहरूले भारतमा बिएस थ्री सवारी दर्ता गर्न नपाएपछि नेपाल, बंगालादेश, श्रीलंकालगायतका मुलुकमा युरो फोर लागू गर्नबाट रोक्न व्यावसायिक ‘लबिङ’ गरिरहेको व्यवसायीहरू नै स्वीकार्छन्।

युरो स्ट्यान्डर्ड जति माथि गयो सवारीले गर्ने प्रदूषण त्यति नै कम हुन्छ। डिजेल र पेट्रोलबाट चल्ने सवारीबाट कार्वनमोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्कन्छ। यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। युरो थ्रीबाट युरो फोरमा जाँदा यसरी निस्कने हानिकारक तत्व निक्कै कम हुन्छ।

याे पनि

सवारी प्रदूषण मापदण्ड अपग्रेड गर्न जुट्यो सरकार, युरो ४ स्ट्यान्डर्ड हुनुपर्ने 

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्