काठमाडौं-सुनको मूल्य फेरि बढेको छ। सुनको भाउ बढेर आज तोलाको ९९ हजार ६ सय रूपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३ सय रूपैयाँले बढेको हो। शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रूपैयाँ तोकिएको थियो।
चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।