काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।
पप्पु-नेपाल प्रगति जेभी‚ नयाँ बानेश्वरलाई २ वर्षका लागि, चमैता निर्माण सेवा‚ इलामलाई १ वर्षका लागि र माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स‚ नैकापलाई १ वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।
कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। पप्पु–नेपाल प्रगति जेभिले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा काम गर्न नसकेपछि राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखिपठाएको थियो।
त्यस्तै चमैता निर्माण सेवालाई इलाम नगरपालिका र माँ सन्तोषी कन्स्ट्रक्सनलाई त्रिभुवन विश्वविद्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए। कालोसूची अवधिभर यी कम्पनीले कुनैपनि सार्वजनिक निकायको ठेक्कापट्टामा भाग लिन पाउने छैनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।