काठमाडौं- लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ४ जनाले अन्तर्वार्ता दिएका छन्। शुक्रबार अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, लगानी विज्ञ डा सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र पूर्वसहसचिव लक्ष्मिविलास कोइरालासँग अन्तर्वार्ता लिएको हो।
सर्टलिस्ट भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले भने अन्तर्वार्ता दिएनन्। बोर्डको सिइओका लागि मागिएको आवेदनमा १२ जनाले दावेदारी प्रस्तुत गरेका थिए।
छनौट समितिले ३ जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ। मन्त्रिपरिषद्ले ४ वर्षका लागि उनीहरूमध्येका एकजनालाई सिइओ नियुक्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।