काठमाडाैं- सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ। शुक्रबार बिहीबारको तुलनामा प्रतितोला ३ सयले बढेर ९९ हजार ३ सय रुपैयाँ पुगेकाे हाे। बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो साताको अन्तिम दिन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ९९ हजार ३ सय पुगेको हो। यसअघि बुधबार सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि सुन प्रतितोला ३ सय रुपैयाँले बढको थियो।
यस्तै मंगलबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सुनको मूल्य सोमबारको तुलनमा ७ सय रुपैयाँले बढेको थियो। सोमबार सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ थियो। सोमबार पनि सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला १२ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य भने घटेको छ। बिहीबार स्थिर रहेको चाँदी शुक्रबार प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तय भएको छ। चाँदी बिहीबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कारोबार भएको थियो।
६ दिनको सुनको मूल्य
• शक्रबार– रु ९९,३००/-
• बिहीबार– रु ९९,०००/-
• बुधबार– रु ९८,५००/-
• मंगलबार– रु ९८,२००/-
• सोमबार– रु ९७,५००/-
• आइतबार– रु ९६,३००/-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।