• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डसँग किन टाढिए पूर्वमाओवादीकै नेताहरु?

64x64
वीरेन्द्र ओली शुक्रबार, साउन १६, २०७७  १०:५५
1140x725

काठमाडौं- नेकपाको गत मंगलबार स्थायी कमिटी बैठक स्थगितपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूह बैठक चलाउने पक्षमा पुगे। नेपाल पक्षबाट वरिष्ठ नेता झलनाथ खनाललगायत १४ जना स्थायी कमिटी सदस्य बैठकमा सभागी भए। तर, प्रचण्ड पक्षका भनिएका चार जना नेताले सहभागिता नै जनाएनन्।

सचिवालयमा रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा भएपनि थापा बैठकमा गएनन्। मन्त्रालयकै काममा व्यस्त भएको भन्दै थापा पक्ष विपक्षमा शक्ति देखाउने बालुवाटार बैठकमा अनुपस्थित भएकाे बताइन्छ।

नेकपाकाे स्थायी कमिटीमा प्रचण्डसहित १९ जना सदस्य भए पनि अग्निप्रसाद सापकोटा सभामुख बनेपछि १८ जना छन्। जसमा चार जना बैठकमा अनुपस्थित भए। अनुपस्थित हुनेमा सचिवालयबाट थापासहित स्थायी कमिटीका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा थिए। बैठकमा बहुमत पुर्‍याउनु पर्ने बाध्यता भएपछि प्रचण्ड आफैंले फोन गरेर बैठकमा सहभागी हुन आग्रहसमेत गरेका थिए। प्रचण्ड निकट नेताले अन्तिम निर्णय गर्नुपर्ने भएकाले आफ्नो कित्ता क्लियर गर्न पूर्वमाओवादी समूहका नेतालाई फोन गरेका थिए। तर, बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बैठक बहुमत पुर्‍याउँदा पुर्‍याउँदै डेढ घण्टा ढिला गरी साढे १२ बजे सुरु भयाे। बैठकमा २९ जना स्थायी कमिटी सदस्यहरु उपस्थित भए। तर, चार नेता आउन भ्याएनन्।

भट्टले प्रचण्डकाे साथ छोडेको आकलन  
अध्यक्ष प्रचण्डलाई सबैभन्दा धेरै चित्त दुखाई स्थायी कमिटी सदस्य लेखराज भट्टले साथ छोडेकोमा भएको छ। अरु नेताले बीचमा प्रचण्डलाई साथ दिने छोड्ने गरे पनि भट्टले लामो समयदेखि साथ दिँदै आएका थिए।

प्रचण्डको चित्त दुखाई भट्टप्रति कतिसम्म थियो भन्ने बुझ्न गत साउन ११ मा पार्टी केन्द्रीय सदस्य एवं सुदूरपश्चिमका सह–इन्चार्ज खगराज भट्टको संयोजकत्वमा गएका नेताहरुलाई आफूले कयौंपल्ट सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको भनि गरेकाे गुनासाेबाटै थाहा लाग्छ। आफूले मन्त्री बनाउनेदेखि स्थायी कमिटीमा समेत ल्याएकाे भन्दै प्रचण्डले सल्लाह नै नगरी छोडेको भन्दै आक्राेश पाेखेका थिए। पार्टीमा असन्तुष्टि भए पनि बहस छलफल नै नगरी गएको भन्दै प्रचण्डले गुनासो गरेको भेलामा सहभागी केन्द्रीय सदस्य खगराज भट्टले जानकारी दिए।
 

लेखराज भट्ट

लेखराजले प्रचण्ड क्याम्प छोडेर गइसकेको माओवादी समूहका नेताहरु बताउँछन्। उनले प्रचण्ड क्याम्प छोड्नुमा सुदूरपश्चिमको क्षेत्रीय राजनीति प्रमुख मानिएकाे छ। प्रचण्डले सुदूरपश्चिमकै एक कार्यक्रममा अब सुदूरपश्चिमको नेता भीम रावल भएको अभिव्यक्ति दिएपछि लेखराज भट्किएको प्रचण्ड निकट नेताले बताए। सुदूरपश्चिममा रावललाई इन्चार्ज दिनु र प्रचण्डले बोलेको मिल्न जानु लेखराज बिच्कनुको मुख्य कारण हुन पुगेको छ।

यसअघि एमाले हुँदा सुदूरपश्चिममा को नेता हुने? भन्ने विषयमा भीम रावल र कर्ण थापाको लामै जुहारी भयो। फेरि एमाले माओवादी एकता भएपछि लेखराज भट्ट र  भीम रावलको जुहारी चल्न थालेको छ। प्रचण्डले रावललाई अतिरिक्त माया देखाउँन खोज्दा भट्ट भड्किएका छन्। प्रचण्ड निकट भएर सबैभन्दा माया र अवसर पाउँनेमा लेखराज भएकाले अन्तै कतै जान नसक्ने खगराजको तर्क छ।

लेखराज अहिलेको कार्यकालसहित चार पटक मन्त्री भइसकेका छन्। पार्टीमा वैचारिक बहस छलफलमा यताउता हुनु स्वभाविकै भएकोले अन्तिम अवस्थामा पूर्वमाओवादी एक हुने उनको बुझाई छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त, प्रचण्डलाई भेट्न खोज्दा सजिलै भेट्न नसकिने र अवसरमा पनि 'बी' र 'सी' क्लासका माओवादी बनाइएको कतिपय नेताको  गुनासो छ। उनीहरु खुमलटारमा अग्लो पर्खाल बनाइएको व्यंग्य गर्छन्। आफूहरुको टाउको देखाएर प्रचण्डले आफ्नो भविष्य मात्रै सुनिश्चित गर्ने गरेको उनीहरु बताउँछन्। नेताहरुलाई समान माया र अवसर दिनुपर्ने उनीको भनाई छ।

थापालाई लिएर ओली प्रचण्ड दुवै पक्ष कन्फ्युज 
पार्टी सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कुन कित्तामा छन् भन्ने विषय रहस्यमै छ। गत मंगलबारको स्थायी कमिटी बैठकमा बादल उपस्थित नभएपछि ओली गुटलाई थप विश्वास बढेको छ भने प्रचण्ड गुटलाई थप अविश्वास बढेको छ। तर, प्रचण्ड गुटले बादल आफ्नो टिममा भएको दाबी गर्छन् भने ओली गुटका नेताहरुले आफ्नाे टिमका बादल भएको भन्ने गरेका छन्।

अझै ओली प्रचण्ड दुवै गुट बादलसँग बलियो गरी भर पर्न सकेका छैनन्। बादल ओली समूहको महत्त्वपूर्ण गुटका भेलामा सहभागी हुँदै आएका छन्। उता प्रचण्डले बोलाएका एकाध भेलाबाहेक सबैमा सहभागी हुँदै आएका छन्।

रामबहादुर थापा

बादल ओली निकट देखिनु सत्तामा बसेर अवसर लिनेभन्दा पार्टी विभाजन हुँदा परिवर्तनका मुद्दाहरु लथालिङ हुन्छन् भन्ने परेको हुन सक्ने केन्द्रीय सदस्य रामदीप आचार्यले बताए। ‘बाहिर सकेसम्म बादल बोल्नु हुन्न। कतिपयले बादल के गर्दैछन् भन्ने भेउ पाउँदैनन्,’ आचार्यले भने, ‘अन्तिम अवस्थामा पुगेपछि मात्रै कुन कित्ता हुने भन्ने खुलेपछि बल्ल थाहा हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि २०६९ मा एमाओवादी विभाजन हुँदा बादल प्रचण्डसँग अन्तिम समयसम्म थिए। तर, पार्टी विभाजन भएपछि मात्रै प्रचण्डलाई छोडेर मोहन वैद्य ‘किरण’ तिर गएका थिए। वैद्यलाई चार वर्षमै छोडेर बादल प्रचण्डलाई साथ दिन आइ पुगे।

रायमाझी र थापालाई प्रचण्डको गोप्य भेलामा बोलाउनै छाडियो 
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लामो समय तत्कालीन माओवादी नेता बाबुराम भट्टराईलाई साथ दिँदै आए। २०७२ साल असोज ९ गते माओवादी छोडेको पत्रकार सम्मेलन गर्नु केही घण्टा अघिसम्म रायमाझी भट्टराईसँगै थिए। अन्तिममा भट्टराईको साथबाट कुनै पार नलाग्ने देखेपछि रायमाझी माओवादीमै बसे।

टाेपबहादुर रायमाझी

माओवादीमा बसे पनि रायमाझीलाई प्रचण्डबाट पाउनुपर्ने अतिरिक्त माया र अवसर पाइएन भन्ने दुखेसो हुन सक्ने  प्रचण्ड निकट नेताले बताए। रायमाझी प्रचण्डबाट थाेरै किनारामा पारिएको मौका छोपेर ओलीले नजिक्याएको हुन सक्ने आकलन गरिएको छ। ओलीले रायमाझीलाई मन्त्री पदको ललिपप देखाएकाले खुमलटारभन्दा बालुवाटार नजिक देखिएको हुन सक्ने आंकलन गरिएको हाे। दुई अध्यक्षको विवादमा किन देखिनु भनेर कित्ता किलियर नगरेको समेत हुन सक्ने अर्का पक्षका नेताहरुको बुझाई छ।

यस्तै स्थायी कमिटी सदस्य मणि थापा प्रचण्डभन्दा ओलीतिर नजिकिएका छन्। प्रचण्डले राष्ट्रिय सभामा पठाउने आस्वासन दिएपनि अन्तिममा धोका दिएको भन्दै थापा चिढिएका छन्। पार्टीमा सिनियर नेता भएपनि आफूलाई प्रचण्डले अवसर नदिएको उनको गुनासो छ।

मणि थापा

थापालाई ओलीले अन्य राजनीतिक लाभ दिन फकाउने गरेको प्रचण्ड निकट एक नेताले बताए। रायमाझी र थापा ओलीतिर नजिकिए पनि अन्तिम अवस्थामा प्रचण्ड पक्षमै हुने केही नेताको दावी छ। तर, पछिल्लो समय प्रचण्डले बोलाउने अति गोप्य भेलामा भने रायमाझी र थापा दुवैलाई बोलाउन छाडिएको छ। तर, थापाले आफू अध्यक्ष ओली र  प्रचण्डकाे पक्षभन्दा एकताको पक्षमा उभिएको बताए। ‘अहिलेको आवश्यकता पार्टी एकता हो। पार्टीलाई फुट विभाजनबाट जोगाउँनु पर्छ,’ थापाले नेपाल लाइभसँग भने, ‘म मात्रै होइन अरु थुप्रै नेता साथीहरु बीच धारमा बसेर एकताको पक्षमा उभिनु भएको छ।’

थापाले माओवादीको २०६२ सालमा भएको चुनवाङ बैठकमा पार्टी संशोधनको भासमा जान थालेको भन्दै बैठक बहिस्कार गरेका थिए। पार्टी केन्द्रीय सदस्यसमेत भएका थापाले माओवादी शान्ति प्रक्रियामा आउनु गलत भएको भन्दै छुट्टै पार्टी चलाएका थिए। ०७३ सालमा सबै माओवादी धारा एक हुने एकता चलेपछि प्रचण्ड नेतृत्वको माओवादीमा उनी सहभागी भए।

रामबहादुर थापा, लेखराज भट्ट, टाेपबहादुर रायमाझी र मणि थापा गरी चार नेता मात्रै नभई स्थायी कमिटी सदस्य हरिबाेल गजुरेल र देवेन्द्र पाैडेललाई पनि प्रचण्डले आफूबाट टाढा भएकाे महसुस गर्न थालेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्