एजेन्सी–मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उनलाई सरकारी कोषबाट १ करोड डलर आफ्नो निजी खातामा सारेको अभियोग लगाइएको थियो।
नजिबले भने आफू निर्दोष रहेको दाबी गर्दै आफ्ना आर्थिक सल्लाहकारले फसाएको बताएका छन्। उनका तत्कालीन आर्थिक सल्लाहकार झू लोलाई पनि मलेसिया तथा अमेरिकामा भ्रष्टाचार मुद्दा लगाइएको छ।
नजिबले आफू प्रधानमन्त्री हुँदा सन् २००९मा मलेसियाको आर्थिक विकासका लागि भन्दै ‘दि वान मलेसिया डेभलपमेन्ट बर्हार्ड फन्ड’ स्थापना गरेका थिए। उक्त कोषबाट लाखौं डलर निजी खातामा राखेको पाइएपछि अनुसन्धान थालिएको थियो। उक्त रकम रियल स्टेट, निजी विमान, हलिउड फिल्मलगायतमा लगानी गरेको भेटिएको थियो।
रजाक सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।