नयाँ दिल्ली- भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना संक्रमणमुक्त भएका छन्। सोमबार उनीहरू नानावती अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।
बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई समेत कोरोना देखिएपछि उनीहरू भने अहिले उपचारकै क्रममा छन्। उनीहरुलाई पनि मुम्बईको नानावती अस्पतालमा नै भर्ना गरिएको छ।
कोरोना पोजेटिभ देखिएपछि गत असार २८ गते ऐश्वर्या र उनकी छोरी अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।