एजेन्सी–स्पेनले कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र देशको स्थिति पूर्ण नियन्त्रणमा रहेको जनाएको छ। बेलायतले स्पेनबाट फर्किएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि स्पेनले आफ्नो देशको स्थिति प्रष्ट पारेको हो।
हालै लकडाउन खुकुलो बनाइएपछि स्पेनमा संक्रमण पुनः तीव्र रुपमा फैलिएको छ भने कैयौं क्षेत्रमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। तर स्पेनका विदेशमन्त्री अरन्चा गोन्जालेज लायाले भनेकी छन्, ‘स्पेन पूर्ण रुपमा सुरक्षित छ, आफ्ना नागरिकका लागि र पर्यटकका लागि पनि।’
बेलायती विदेशमन्त्री डोमिनिक र्याबले स्पेनबाट फर्कनेहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णयका बारेमा माफी माग्न नसकिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।