जोहानस्वर्ग- दक्षिण अफ्रिकाको सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ। यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो।
शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिएका हुन्। यहाँ यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन्। दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा १ लाख ३० हजार जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।
आजसम्ममा ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ। यहाँ दिनप्रतिदिन यसका संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।