नयाँ दिल्ली (एजेन्सी)- अभिनेता तथा कमेडियन सुनील ग्रोवरले सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ मा अनुबन्ध भएका छन्।
फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अली अब्बास जफरले निर्देशन गर्ने फिल्ममा प्रियंका चोपडा पनि मुख्य भूमिकामा छिन्। उनी दुई वर्षको अन्तरालमा बलिउडको फिल्म गर्दै छिन्।
सुनील पछिल्लो पटक २०१६ मा आएको फिल्म ‘बागी’ मा देखिएका छन्। निर्देशक अली अब्बास जफरले एक अन्तर्वार्तामा भनेका छन्, ‘सुनील भारत फिल्ममा जोडिँदा म निकै उत्साहित छु। उनी सानो पर्दाका लोकप्रिय अनुहार हुन्, उनको कुशल कामको म प्रशंसक हुँ।'
अब्बासले भनेका छन्, ‘भारत फिल्ममा उनी महत्वपूर्ण भूमिकामा देखिनेछन् र सलमानसँग ठूलो पर्दामा जादू देखाउनेछन्।’
‘भारत’ २०१४ मा बनेको दक्षिण कोरियाली फिल्म 'ओड टु माई फादर' को रुपान्तर हुने जनाइएको छ। फिल्म २०१९ मा इदको अवसरमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।