एजेन्सी- तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन एमकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ। तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनी देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन भएका थिए। उनले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गरेका थिए।
‘तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गरेको छोटो सम्बोधनमा बताएका छन्। एमकापाको मृत्युको कारण भने अहिले खुलाइएको छैन।
एमकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो। उनले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए। उनी देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारका रूपमा नियुक्त भई काम गरेका थिए।
राष्ट्रपति हुनुअघि उनले विदेशमन्त्री र सूचनामन्त्रीजस्ता मन्त्रीपरिषदका पदहरू सम्हालेका थिए। राष्ट्रपति हुनुभन्दा अघि उनी संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा समेत रहेका थिए।
उनको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।