• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

आजको अवस्था हेरेर होइन, भविष्य देखेर लगानी गरेका छौँ : विवेक दुगड [अन्तर्वार्ता]

64x64
सविन मिश्र शुक्रबार, साउन ९, २०७७  १०:२५
1140x725
विवेक दुगड, भाइस चेयरमेन- एमभी दुगड ग्रुप

नेपालको अग्रणी व्यापारिक र औद्योगिक घरानामध्येको एउटा समूह एमभी दुगड ग्रुपले आफ्नो लगानी परम्परागत उद्योग र व्यापारबाट जलविद्युत् क्षेत्रसम्म विस्तार गरेको छ। यो समूहको व्यावसायिक नेतृत्व युवा उद्यमी विवेक दुगडले गरिरहेका छन्।

भारतबाट उच्च शिक्षा हासिल गरेर फर्केपछि व्यवसायमा प्रवेश गरेका उनी विगत २२ वर्षदेखि व्यवसायमा सक्रिय छन्। नेपाल लाइभका सविन मिश्रले एमभी दुगड ग्रुपका भाइस चेयरमेन विवेक दुगडसँग कोरोना संकटपछिको व्यवसाय, एमभी दुगड समूहको लगानी विस्तार र भावी योजनालागयतका विषयमा गरेको कुराकानीको सम्पादित अंश:

करिब ४ महिना भिन्न परिस्थितिबाट हामी गुज्रियौँ। अब नयाँ जीवनशैलीमा फर्किँदै छौँ। अबको नयाँ परिस्थितिमा व्यवसाय कसरी अगाडि बढ्छ?
हामी लकडाउन खुलेलगत्तै यो छलफल गर्दैछौँ। अब विस्तारै नयाँ परिस्थिति निर्माण हुनेछ। एउटा सकारात्मक कुरा के छ भने कोरोना संक्रमणको दर विस्तारै कम हुँदै गएको छ। हामी विस्तारै संक्रमण न्यून हुनेतर्फ गइरहेको यसले संकेत गरेको छ। सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको छ र म यसबाट धेरै खुशी पनि छु।

एउटा कुरा के भने, हामीलाई पुरानै अवस्थामा फर्किन समय लाग्छ। मान्छेको मनमा अझै पनि कोरोनाको त्रास घटेको छैन। यसका लागि केही समय लाग्छ। व्यापारले फेरि विस्तारै पुरानै गति लिनेछ भन्ने मेरो विश्वास छ।

हामी परम्परागत तवरबाट व्यापार गरिरह्यौँ। ‘भर्चुअल’भन्दा भौतिक उपस्थितिबाट हाम्रो धेरै कारोबार भयो। अब नयाँ तरिकाबाट व्यापार अघि बढ्ने संभावना छ?
मैले नयाँ तरिकाबाट व्यापारको भविष्य देखेको छु। हामीले डिजिटल प्लेटफर्मको प्रयोग बढाएका छौँ। मेरै कुरा गर्नु हुन्छ भने पहिले भौतिक उपस्थितिसहितको मिटिङमा मात्रै विश्वास गर्थेँ। अहिले कोरोनाले डिजिटल मिटिङको प्लेटफर्मको प्रयोगमा बानी पार्दै लगेको छ। अर्कोतर्फ हाम्रो घरमा अनलाइनबाटै वस्तु माग गर्ने क्रम बढिरहेको छ। मेरै घरमा आज बिहान केही न केही कुरा अनलाइनबाट अर्डर भइरहेको थियो। मलाई लाग्छ व्यापारको नयाँ शैलीमा हामी विस्तारै जाँदैछौँ।

हाम्रो अटोमोबाइलको शोरुमलाई डिजिटल बनाउँदै छौँ। मान्छेले शोरुममा पसेर सवारी साधन अवलोकन गर्दा जस्तो अनुभूति प्राप्त गर्छ त्यस्तै स्वरूप हामीले त्यहाँ दिन खोजेका छौँ। डिजिटल विजनेसले नेपालमा तीव्रता पाउने संभावना मैले देखेको छु।

तपाईं जुन समूहको प्रतिनिधित्व गर्नुहुन्छ, त्यसको चौथो पुस्तामा तपाईं अहिले हुनुहुन्छ। व्यापारबाट उत्पादनमूलक उद्योगमा लगानी बढाउन थाल्नु भएको छ। फरक के हुँदो रहेछ?
तपाईंलाई यहाँ म अलि सच्याउँछु। दुगड ग्रुपको इतिहास औद्योगिक क्षेत्रको लगानीबाटै सुरु भएको छ। नेपालमा दोस्रो जुट मिल दुगड समूहकै लगानीमा स्थापना भएको थियो। त्यसपछि स्टिललगायतका उद्योगमा हामीले लगानी गरेका छौँ। नेपालभित्र उपलब्ध कच्चा पदार्थबाट चल्ने उद्योगमा हामीले पहिलेदेखि नै लगानी गर्‍यौँ।

Ncell 2
Ncell 2
nimb
nimb

पश्चिम नेपालको औद्योगीकरण हामीले सुरु गरेका थियौँ। बाटो नै नबनेको ठाउँमा हात्ती चढेर हाम्रा बुवाहरु उद्योग स्थापनामा जानुभयो। त्यहाँ सल्भेन्ट एक्ट्राक्सन प्लान्ट लगाएका थियौँ। हामीले हाम्रा कामको प्रचार कहिल्यै गरेनौँ। मलाई लाग्छ, व्यापारका विषय धेरै प्रचारित हुने भएकाले हामी व्यापारमा मात्रै छौँ कि भन्ने लागेको हुन सक्छ। 

नेपालको मुख्य र पहिलो उद्योगहरूमा हाम्रो संलग्नता छ। परिवार ठूलो हुँदै गयो भने फरकफरक हिसाबले अघि बढ्नु स्वाभाविक हो। हाम्रै परिवारका सदस्यहरुले विभिन्न उद्योग र व्यवसाय चलाउनु भएको छ। एमभी दुगड ग्रुप आफ्नै हिसाबले व्यवसायमा केन्द्रित भएर लागिरहेको छ। 

अहिले तपाईंहरु जलविद्युत् क्षेत्रमा जानु भएको छ, जहाँ लगानी ठूलो चाहिन्छ तर प्रतिफल आउन समय लाग्छ। विगतमा व्यवसायमा भएको लगानी र अहिलेको लगानीको मूल्यांकन कसरी गर्नु भएको छ?
हामी एक्कासी यो क्षेत्रमा जाऊँ भनेर लगानी गरेको होइन। हामीले पारिवारिक छलफल र सल्लाहअनुसार नै यो क्षेत्रमा लगानी गरेका हौँ। अबको नयाँ क्षेत्र के हुन सक्छ? भनेर हामीले १०/१५ वर्ष अगाडिदेखि नै छलफल गरिरहेका थियौँ। त्यसैअनुसार जलविद्युत् क्षेत्रमा हाम्रो लगानी बढ्दै गएको छ। 

Xtrem

Xtrem

अबका दिनमा हाम्रो ग्रुपलाई नयाँ स्टेपमा कसरी पुर्‍याउन सकिन्छ भनेर सोच्दा तीन/चारवटा क्षेत्र पहिचान भएका थिए। त्यसमा एउटा वित्तीय क्षेत्र थियो। करिब १२ वर्ष अगाडिबाट हामी यसमा छौँ। सुरुमा सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी प्रवर्द्धन गर्‍यौँ। अहिले सानिमा जनरल इन्स्योरेन्समा लगानी गरेका छौँ। अर्को भनेको मनोकामना इन्भेष्टमेन्टको सुरुवात गरेका छौँ।

जलविद्युत् क्षेत्रमा अगाडि बढेका छौँ। जलविद्युत्‌मा हामी पछिल्लो १० वर्षदेखि काम गर्न थालेका छौँ। जलविद्युत्‌को क्षेत्रमा केही समय अध्ययन गर्‍यौँ र लगानी थाल्यौँ। पछिल्लो ३ वर्षदेखि एग्रेसिभरूपमा लगानी बढाएका छौँ। निजी क्षेत्रबाट प्रवर्द्धित सबैभन्दा ठूलो आयोजना नै हामी अगाडि बढाउँदै छौँ।

वित्तीय क्षेत्रमा बलियो उपस्थितिपछि हामी जलविद्युत् क्षेत्रमा अगाडि बढेका छौँ। जलविद्युत्‌मा हामीले पछिल्लो १० वर्षदेखि काम गर्न थालेका छौँ। जलविद्युत्‌‌को क्षेत्रमा केही समय अध्ययन गर्‍यौँ र लगानी थाल्यौँ। पछिल्लो ३ वर्षदेखि एग्रेसिभरूपमा लगानी बढाएका छौँ। निजी क्षेत्रबाट प्रवर्द्धित सबैभन्दा ठूलो आयोजना नै हामी अगाडि बढाउँदै छौँ। कोरोनाको बाबजुद पनि सन् २०२० को अन्त्यसम्ममा हामी पहिलो चरणको उत्पादन थाल्छौँ। निजी क्षेत्रको एउटै घरानाबाट १५६ मेगावाट विद्युत उत्पादनका लागि लगानी हुँदैछ।

सन् २०२१ को अन्त्यसम्ममा ३ वटै आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु भइसक्नेछ। यसका साथै हामी चौथो आयोजना पनि अगाडि बढाउँदै छौँ। जलाशयुक्त आयोजना हामीले अगाडि बढाउँदै छौँ। तपाईंले भनेजस्तै हामी जलविद्युतमा एग्रेसिभ पनि छौँ र लगानी पनि ठूलो छ।

तपाईंले सेवा क्षेत्रको कुरा गर्नु भयो। पुराना भएर पनि सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सको उपस्थिति आ-आफ्नो क्षेत्रमा औषत छ। व्यापारका नयाँ क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ। अबका दिनमा एमभी दुगड ग्रुपलाई नयाँ उचाइमा लैजाने व्यापारको क्षेत्र के हो?
हाम्रो ग्रुपको प्रष्ट भिजन छ। त्यसैअनुसार पहिलो वित्तीय क्षेत्र हो। जुन मैले यहाँ भने। तपाईंले पनि चर्चा गर्नुभयो। अर्को महत्वपूर्ण भनेको अटोमोबाइल क्षेत्र हो। यस क्षेत्रमा हामी विगत ४५ वर्षदेखि विभिन्न ब्राण्डको नेपालमा प्रतिनिधित्व गरिरहेका छौँ। त्यही क्रममा हामीले सन् २०१८ मा पियाजो थ्री ह्विलर थप्यौँ।

सन् २०१९ मा भेस्पारअप्रिलियाको नेपाली बजारमा हामीले प्रतिनिधित्व गर्न थाल्यौँ। अहिले सन् २०२० मा हामीले टाटा हिटाचीको आधिकारिक बिक्रेता भएका छौँ। हामीले लकडाउनकै बीचमा पनि नयाँ काम अघि बढाएका छौँ। अटोमोबाइलमा हामी अझै एग्रेसिभरूपमा अघि बढ्ने नै छौँ। आउने वर्षमा पनि अन्य उत्पादनको प्रतिनिधित्व गर्ने गरी अघि बढ्छौँ।

अर्को महत्वपूर्ण क्षेत्र भनेको जलविद्युत् हो। जलविद्युतमा लगानी ठूलो लाग्छ। अहिले एमभी दुगड ग्रुपले आफ्नो लगानी यहाँ केन्द्रित गरेको छ। चौथो भनेको हाम्रो निर्माण सेवा हो। सुमो कन्सट्रक्सनमार्फत् हामी जलविद्युत् आयोजना निर्माणको काममा अघि बढिरहेका छौँ। नेपालमा यो एउटा मात्रै कन्सट्रक्सन कम्पनी हो जसले ३ अर्ब रुपैयाँभन्दा धेरै लगानी इक्विपमेन्टमा गरेको छ। सायद देशभर जलविद्युत् आयोजनामा परिचालित इक्विपमेन्टको संख्या जोड्ने हो भने पनि हाम्रो संख्या धेरै छ।

आजको दिनमा सुमो कन्सट्रक्सनलाई आफ्नो ठाउँमा बलियो कम्पनीका रूपमा अघि बढाइरहका छौँ। आगामी दिनमा यसलाई अझ विस्तार गर्नेछौँ। जलविद्युत्‌मा आफ्नो लगानीलाई अझै विस्तार गर्ने र अटोमोबाइल क्षेत्रमा अझै नयाँ ब्राण्ड नेपाल भित्र्याउने गरी काम गरिरहेका छौँ। तपाईंले यसका सकारात्मक नतिजा देख्न पाउनुहुनेछ।

जहाँसम्म थ्री ह्विलरको कुरा छ, त्यसको काठमाडौंमा खास बजार छैन। टु ह्विलर तपाईंको प्रिमियम सेग्मेन्ट छ। टाटा हिटाची ल्याउनु भयो त्यसको बजार छुट्टै छ। जहाँसम्म ठूलो भोल्युमको मासलाई कभर गर्ने प्रडक्टको कुरा आउँछ तपाईंहरूसँग त्यो छैन। यसमा केही गर्ने योजना छैन?
दुगड ग्रुपले सबै क्षेत्रलाई कभर गर्ने गरी अटोमोबाइल क्षेत्रमा काम गरिरहेको छ। ट्रयाक्टरमा जोन डियर हामीसँग छ। यसले किसानहरूलाई कभर गरेको छ। कमर्सियल भेइकलमा महिन्द्राको व्यापार गर्दैछौँ। यसमा ट्रकदेखि पानी बोक्ने साना गाडीसम्म छन्।

यसपछि ब्याक हो लोडर पनि हामीसँग छ। रोयल इन्फिल्ड युवाको लाइफस्टाइल ब्राण्ड हो। भेस्पारअप्रिलिया पनि त्यस्तै नै छ।

अहिलेको परिस्थितिमा पनि हामी नयाँ प्रडक्ट थप्दैछौँ। आजको अवस्था हेरेर होइन, भविष्य देखेर लगानी गरेका छौँ। व्यापार गर्नेले लामो समय हेरेको हुन्छ। आजको समय खराब होला तर भविष्य हेरेका छौँ। हाम्रो समूहको भिजनअनुसार लगानी बढाएका छौँ।

तपाईंले भनेजस्तै केही प्रिमियम प्रडक्छ छन्। तर, सर्वसाधारणको पहुँच नभएको भने होइन। हामीले आम सर्वसाधारणलाई नै लक्षित गरेर शून्य प्रतिशत स्किम पनि ल्याएका छौँ। त्यसैले मान्छेको राम्रो प्रडक्ट चढ्ने इच्छा यसले पुर्‍याउँछ। हाम्रो प्रिमियम प्रडक्ट छ, त्यसलाई परिवर्तन गर्न सकिँदैन, तर त्यो प्रडक्ट कसरी आम मान्छेसम्म पुर्‍याउने भनेर सोचिरहेका छौँ। त्यसलाई उपलब्ध गराउने कोशिश गरिरहेका छौँ। 

अहिले भेस्पारअप्रिलियाको बजार हिस्सा जसरी बढिरहेको छ, त्यो हाम्रा लागि अभूतपूर्व उपलब्धि हो। प्रिमियम ब्राण्ड भएर पनि हामीले समग्र स्कुटर बजारमा तेस्रोरचौथो स्थान ओगटेका छौँ। हामी हाते ट्रयाक्टर पनि बेच्छौँ। निर्माण क्षेत्रमा टाटा हिटाची पनि लोकप्रिय ब्राण्ड हो। भारतमा ६५ प्रतिशत बजार हिस्सा यसले ओगटेको छ। एक्साभेटरमा यसको बजार निकै राम्रो छ। त्यसकारण हामी गुणस्तरीय उत्पादन ग्राहकको पहुँचमा पुर्‍याउने गरी लागेका छौँ र सफल पनि भएका छौँ। 

बाहिरबाट हेर्दा तपाईंहरु लो प्रोफाइलमा बसेर ठूलो व्यवसाय गरिरहनु भएको देखिन्छ। नयाँ-नयाँ प्रडक्ट विस्तार गर्नुभएको छ। यसको अर्थ अब थप आक्रामक बजारीकरणको चाहना हो?
म आफैँ २२ वर्षभन्दा धेरै समयदेखि व्यापारमा संलग्न छु। मेरो छोराहरु केही वर्षपछि व्यापारमा आउनेछन्। हामी धेरै प्रचार नगरी काम गरिरह्यौँ। हाम्रो निश्चित उद्देश्य छ। लक्ष्यहरु निश्चित छन्। विगत १४२ वर्षदेखि दुगड समूह आफ्नो लक्ष्य र गन्तव्य हेरेर अगाडि बढेको छ। यो बीचमा नयाँ व्यवसाय थपिए, कति व्यवसाय छोड्यौँ। दुगड समूहले कुनै पनि व्यवसाय घाटामा बन्द गरेको छैन। कुनै पनि व्यवसायीले नाफा गरिरहेको व्यवसाय बन्द गर्न चाँहदैन। तर, हामीले गरेका छौँ। हाम्रो भिजनमा त्यो व्यवसाय ठीक लागेन भने हामी छोडिदिन्छौँ। 

अटोमोबाइल, जलविद्युत्, वित्तीय क्षेत्र र निर्माण सेवा नै हाम्रो अबको मुख्य कार्यक्षेत्र हुनेछन्। हामी प्रत्येक क्षेत्रमा एग्रेसिभरूपमा अगाडि बढिरहेका छौँ। निर्माण क्षेत्रमा भन्नुहुन्छ भने हाम्रो कम्पनी ठूलो भइसकेको छ। नेपालको निजी क्षेत्रबाट जलविद्युत् क्षेत्रमा लगानी हेर्नुहुन्छ भने सबैभन्दा ठूलो लगानी एमभी दुगड समूहको छ। अटोमोबाइल क्षेत्रमा हेर्नुहुन्छ भने सबै क्षेत्र कभर गर्ने उत्पादन हामीसँग छन्। वित्तीय क्षेत्रमा पनि सबै क्षेत्रलाई हामीबाट प्रवर्द्धित कम्पनीहरुले नै कभर गरिरहेका छन्। त्यसकारण सबै क्षेत्रमा हामी बलियो छौँ।

अहिलेको परिस्थितिमा पनि हामी नयाँ प्रडक्ट थप्दैछौँ। आजको अवस्था हेरेर होइन, भविष्य देखेर लगानी गरेका छौँ। व्यापार गर्नेले लामो समय हेरेको हुन्छ। आजको समय खराब होला तर भविष्य हेरेका छौँ। हाम्रो समूहको भिजनअनुसार लगानी बढाएका छौँ। कोभिडकै संकटका बीचमा पनि जलविद्युत् क्षेत्रमा लगानी बढाएका छौँ, अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेका छौँ। भविष्यमा पनि बढाउँदै जानेछौँ।

चारवटा मुख्य क्षेत्र भन्नुभयो, भविष्यमा पाचौँ के हुन्छ?
हामीले पाचौँ क्षेत्रको विषयमा अहिले सोचेका छैनौँ। अबको ५/७ वर्ष हामी यिनै ४ क्षेत्रमा सक्रिय हुन्छौँ। यसैमा सम्पूर्ण ध्यान लगाएर काम गर्नेछौँ। जलविद्युत् भनेको ठूलो र दीर्घकालीन् लगानी हो। यसलाई पूर्णरूपमा सम्पन्न गर्न समय लाग्छ। नेपालमा समयमै जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण र इतिहास हामी देखाउन चाहन्छौँ।

जलविद्युत भन्नुस् या अन्य कुनै पूर्वाधार आयोजना, कहिल्यै समयमा सम्पन्न हुँदैनन्। ५/७ महिना धेरै समय लाग्नु सामान्य होला, तर वर्षाैंसम्म काम नहुने अवस्था छ। अब छिट्टै हाम्रो पहिलो आयोजना सम्पन्न हन्छ। त्यसपछि पनि छोटो समयमा नै अन्य आयोजना सम्पन्न हुन्छन्।

हामी अरुलाई पनि प्रोत्साहन गर्न चाहन्छौँ कि, जलविद्युत आयोजना समयमै सम्पन्न हुन्छ। समय सीमा तोकेर काम गर्ने हो भने आयोजना समयमै सकिन्छ भन्ने उदाहरण दिन चाहन्छौँ। हामीले सम्पूर्ण जोश र जाँगर यहाँ लगाएका छौँ। मलाई लाग्छ यो एउटा उदाहरण बन्न सक्छ र बनाउने छौँ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १०:२५
  • #विवेक-दुगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्