एजेन्सी–विश्व स्वास्थ्य संगठनले सन् २०२१ भन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ। संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ भन्दा अगाडि खोप बन्ने आशा गर्न नसकिने बताए।
उनले खोप निर्माणमा ढिलाइ भए पनि यसको सुरक्षा मापदण्डमा कुनै कमी आउन नहुने पनि उल्लेख गरे।
निर्देशक रेयानले खोपको अनुसन्धान तेस्रो चरणमा रहेको र सुरक्षा मापदण्डमा हालसम्म असफल नभएको पनि बताए। कोरोनाविरुद्धको खोपलाई चीन, अमेरिका, बेलायतलगायतका देशहरुले अनुसन्धान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।