काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल एस्टोन भिल्लासँग पराजित भएको छ।
मंगलबार राति भएको खेलमा आर्सनल घरेलु टिम एस्टोन भिल्लासँग १-० गोलले पराजित भएको हो। एस्टोन भिल्लालाई जिताउन ट्रेजेगुएटले गोल गरे।
खेलको २७औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाए। पहिलो हाफसम्म अग्रता बनाएको एस्टोन भिल्लाले दोस्रो हाफमा पनि आफ्नो अग्रता कायमै गर्दै जित निकालेको हो।
खेलअवधिभर बल आफ्नो नियन्त्रणमा लिएपनि आर्सनलले गोल गर्न भने सकेन। यो हारसँगै आर्सनलले आठौं स्थानमा उक्लिने राम्रो मौका पनि गुमाएको छ। ३७ खेल खेलेको आर्सनलको ५३ अंक छ। आर्सनलभन्दा माथि आठौं स्थानमा रहेको सेफिल्ड युनाइटेडको ३७ खेलबाट ५४ अंक हुँदा नवौं स्थानमा रहेको बर्नलीको पनि समान खेलबाट ५४ अंक नै छ।
आर्सनलमाथि जित हात पारेको एस्टोन भिल्ला भने ३७ खेलबाट ३४ अंक बनाउँदै १७औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।