काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले वाटफोर्डमाथि फराकिलो जित निकालेको छ।
मंगलबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले घरेलु टिम वाटफोर्डलाई ४-० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे। त्यस्तै, फिल फोडेन र एमेरिक लेपोर्टले गोल गरे।
खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दा वाटफोर्डले भने गोल फर्काउन सकेन। खेलको ३१औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा स्टर्लिङले गोल गर्दा पहिलो हाफसम्म सिटी २–० गोलले अघि रहेको थियो।
खेलको ६३औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० गोलको अग्रता दिलाए। ६६औं मिनेटमा लापोर्टले गोल गर्दै सिटीलाई ४–० गोलको जित दिलाए।
लिगको दोस्रो स्थानमा रहेको सिटीको जितपछि ३७ खेलबाट ७८ अंक भएको छ। पराजित वाटफोर्डको भने ३७ खेलबाट ३४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।