एजेन्सी–दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एकै दिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ मंगलबार ४१ हजार ८ संक्रमित थपिएका हुन्। योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या २१ लाख १८ हजार ६ सय ४६ पुगेको छ भने ८० हजार १ सय २० जनाको मृत्यु भएको छ।
मंगलबार १ हजार ३ सय ७६ जना को मृत्यु भएको थियो। यसअघि पान अमेरिकन हेल्थ अर्गनाइजेसनले अमेरिकी महाद्विपमा कोरोना संक्रमण घट्ने संकेत नदेखिएको जनाएको थियो।
उक्त संस्थाका निर्देशक डा. करिस्सा इटिन्नेले उत्तर तथा दक्षिण अमेरिकामा ७७ लाख संक्रमित र ३ लाख ११ हजार जनाको मृत्यु भएको तथ्यांक पेश गरेकी थिइन्।
अमेरिकामा सबैभन्दा बढी संक्रमित छन्। त्यहाँ ३८ लाख ८७ हजार ६ सय ६४ संक्रमित छन् भने १ लाख ४१ हजार ८ सय ८३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।