एजेन्सी–कोरोना महामारीका कारण यस वर्षको नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ।
६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह नगर्ने निर्णय गरिएको हो। यस वर्ष नोबेल विजेताको घोषणा गरिने भए पनि १० डिसेम्बरमा हुने समारोह नगर्ने निर्णय नोबेल फाउण्डेशनले गरेको हो।
यसअघि सन् १९५६ मा सोभियत संघले हंगेरीमा आक्रमण गर्दा नोबेल पुरस्कार समारोह आयोजना रद्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।