• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लकडाउनले काम गुम्यो, बागमतीको बाढीले घर डुबायो

64x64
प्रजु पन्त मंगलबार, साउन ६, २०७७  २१:१५
1140x725

काठमाडौं- थापाथलीस्थित बागमती नदीको किनारामा बसेर नदी हेर्दै टोलाइरहेका छन् कटकबहादुर थापा। उनलाई एउटै पिर छ- नदीले आफ्नो बाटो छोडेर आफ्नो घरभित्र पो पस्ने हो कि!

४९ वर्षीय थापा बागमती किनारामा बस्न थालेको १५ वर्ष भयो। बर्सेनी वर्षायामको राति राम्रोसँग निदाएको याद छैन उनलाई। सोमबार राति पनि छोरा र उनी पालो गरेर सुते।  ‘म यहाँ बस्न थालेको १५ वर्ष भयो,’ थापाले भने ‘वर्षा लाएपछि जहिल्यै बाढी पस्छ। वर्षामा रातभर सुत्न नपाएको जुगौँ भइसक्यो। सोमबार पनि नदीको पानी बस्तीमा पानी पसेछ।’

थापाका घरमा ९ जना सदस्य छन्। लकडाउनअघि  छोरी कस्मेटिक पसलमा र छोरा ड्राइभिङ गर्थे। थापा र उनकी श्रीमतीले ज्यामी काममा गरेको वर्षौं भइसक्यो। लकडाउनले सबैको काम गुम्यो। अहिले उनीहरु राहतको चामलले जेनतेन गुजारा त गरिरहेका छन् तर बाढीको त्रास लकडाउनको भन्दा बढ्ता छ। 

थापाथलीको बागमती किनारामा सुकुम्बासी बस्ती छ। झण्डै डेढ सय जति परिवार वर्षाैदेखि बसिरहेका छन्। तर बर्सेनी बागमतीमा आउने बाढीले भने उनीहरुलाई निश्चिन्त छाडेको छैन।

बर्सेनी नेपाल प्रहरीले पनि नाम टिपेर लैजाने गरेकाे छ। यो क्रम सुरु भएको पनि वर्षौं बितिसक्यो। तर सधैँ उस्तै पीडा खप्नुपरेको दुलारीदेवी सार्कीको भनाइ छ। ‘आज बिहान बाढी आयो कि आएन भनेर हेर्न प्रहरी आएका थिए,’ दुलारीदेवीले भनिन्, ‘वर्षैपिच्छे नाम टिप्छ, लैजान्छ केही हुने हैन। हाम्रो घर डुबेको डुब्यै छ।’

दुई लाइन घर रहेको सुकुम्बासी बस्तीमा तल्लो लाइनमा पर्छ दुलारीदेबीको घर। हिजो राति बाढी पसेर मझेरी पुरै हिलै बनाएछ। अहिलेसम्म ओभाएको थिएन। राति घरभित्र पानी पसेपछि उनीहरुले खाना खानै भ्याएनछन्। परिवारका सबै सदस्य मिलेर जति पानी पस्छ, उति पानी निकाल्ने काम गरिरहे। यति गर्दासम्म बिहान भइसकेको थियो।

‘हिजो राति त हामीलाई पानीले सुत्न दिएन,’ दुलारीको श्रीमान भागवतबहादुरले भने, ‘भान्सा, सुत्ने कोठा पूरै पानीले भरियो। खाना पनि खाइएन। सुत्न पनि पाइएन।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल लाइभको टोली उनीहरूको बसोबास रहेको स्थानमा पुग्दा रातको निद्रा पुर्‍याउने तर्खरमा गर्दै थिए भागवतबहादुर।

000 

मनोज महतोको घर माथिल्लो लाइनमा छ। हिजो बेलुकीको बाढी उनको पिँढीछेउ आइपुग्यो। साना छोराछोरीलाई भित्र सुताएर उनका बूढाबूढी रातभर पिँढीमा बसेर पानीको दर्शन गरिरहे।

माथिल्लो लाइनमा घर भएको हुँदा पानी त पसेन। तर, बाढीको त्रास भने दुलारीदेवीलाई भन्दा कम थिएन। ‘पानी परेको बेला टोलका केटाहरु पालैपालो बाहिर बस्नुपर्छ,’ महतोले भने, ‘हिजो राती ४ घण्टा मेरो पालो परको थियो।’ बस्तीमा बाढी पस्न लाग्यो भने ‘ड्युटी’ बसेकाहरुले बस्तीलाई नै पूरै उठाउने गर्छन्। 

 

घरमाभित्र बाढी पसेपछि लक्ष्मी यादव ज्यान जोगाउन हिजो राती उठ्नै पर्‍यो। फरक शारीरिक क्षमताका उनका दुइ वटै खुट्टाको घुडाँदेखि तलको भाग छैन। ‘हिजो राती घरभित्र पानी पस्यो,’ यादवले भने, ‘टानामा बसिरहेको म ओछ्यान पूरै भिजेपछि उठ्नै पर्‍यो। हिजो धेरै गाह्रो भयो।’

उनी बसेको खाटमुनिको हिलो बिहानसम्म आलै थियो। भूईंमा ओछ्याइएको कार्पेट पूरै भिजेर हिलाम्य भएको थियो।

उनको आडैमा बसिरहेका महेन्द्र यादव पर्खाल राम्रोसँग नलगाइदिएर बाढी बस्तीमा बाढी पसेको भन्दै आक्रोशित देखिए। ‘दुई वर्ष अगाडि पर्खाल लगाउन आएको थियो,’ भित्र बसिरहेका यादव जुरुक्क उठेर बाहिर आउँदै भने, ‘पारी अग्लो पर्खाल । वारी यति सानो पर्खाल लाएर बाढी रोकिन्छ त? पारी ठूला घर भएर ठूला पर्खाल लगाएका हुन्?’

यादवको गुनासो २ वर्षअघि पर्खाल लगाउँदा अग्लो नबनाएकाेमा रहेछ। पारी पट्टि अग्लो पर्खाल लगाइएको सुकुम्बासी बस्ती पट्टि होचो पर्खाल लगाएर सरकारले आफूहरूमाथि विभेद गरेकोमा रहेछ।

‘हाम्रो पनि आफ्नै घर भएको भए यस्तो खोलाको किनारामा आएर बस्ने थिएनौँ होला,’ यादवले भने, ‘कम्तीमा सरकारी मान्छेले अग्लो पर्खाल लगाइदिएको भए हाम्रो बच्चाबच्ची त पानीमा रुज्दैनथेँ। चामल त भिज्दैनथ्यो।’

१५ वर्षदेखि यही बाग्मतीको किनारामा परिवारका साथ बसिरहेकी सावित्री माझीको पनि यादवको जस्तै तीतो अनुभव छ। ‘हाम्रो कुनैपनि पुस्ताको जग्गा भएन,’ कम्तीमा बसेको जग्गामा त पानी पसेर उठिबास नभए हुन्थ्यो जस्तो लाग्छ। तर फेरि उही हो। वर्षा आइहाल्छ। बाढी घरभित्रै पसिहाल्छ। हामी दुखीलाई जहिले नी उस्ताको उस्तै।’

माझीलाई १५ वर्षदेखि दुई वटा कुराले भने बिझाइरहँदो रहेछ। एउटा छोरो काखमा भएको बेला बाढी पसेर सुत्केरी अवस्थामा नै भिज्नुपरेको र अर्काे बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला यो बस्तीमा ड्रोजर चलेको। ‘बाढी त प्रकृति हो। आइहाल्छ,’ माझीले भनिन्, ‘उस्तै परे हामीलाई सरकारले त खेद्छ अरु त के कुरा गर्नू?’

औषधि खाने पैसा छैन 
दुलारीदेवी सार्की दुई वर्षदेखि मुटुको औषधि खाइरहेकी छन्। दुई वर्षअघि अकस्मात सास फेर्न गाह्रो भएपछि वीर अस्पताल पुर्‍याइएकी उनी महिनाको ३ हजारको औषधि खर्च लाग्ने बताउँछिन्।

‘लकडाउनभरि सरकारले एक महिनाको औषधि दिएको थियो,’ दुलारीले भनिन्, ‘बाँकी तीन महिना ओल्लोपल्लो घरमा पैसा मागेर औषधि किनेँ।’

उनका श्रीमान् सुन्धारामा जुत्ता सिलाउँथेँ। लकडाउन भएपछि उनको काम पनि सकियो। अहिले उनी बेरोजगार छन्। उनीहरुलाई सरकारले राहत त दियो तर लकडाउनभरिमा ५ केजी चामल, तेल र दाल। केही संस्थाले राहत त दिएका छन् तर औषधि दिएका छैनन्।

दुलारीलाई फलोअप गराउन नपाएर भागवतबहादुर तनावमा देखिन्छन्। ‘डाक्टरले यही महिनाको जेठमा आउनु भनेको थियो,’ भागवत भन्छन्, ‘खानलाई अन्न त छैन अस्पताल कसरी लैजानु?’

दुलारीदेवीका जेठा छोरा कक्षा १२ मा पढ्छन्। छोराको स्कुलबाट कक्षा १२ को किताब किन्न र अनलाइनबाट पढाउन व्यवस्था गरिदिन फोन आएको थियो। लकडाउनले काम गुमेको, बाढीले घर डुबेको बेला पैसा पनि नभएको कारण पुस्तक समेत किन्न सकेका छैनन्।

‘मेरो छोराले १२ पढ्न नपाउने भो,’ दुलारीले भनिन्, ‘स्कुलले किताब किन्न भनेको छ तर हामीले सकेका छैनौँ। कसैले किताब दिए पनि हुने।’

दुलारीका जेठा छोराले लकडाउन खुकुलो भएपछि ठेकेदारको काम पनि गरे। तर ठेकेदारले नै पैसा नदिएपछि आफूहरुको बिचल्ली भएको दुलारीले बताइन्। ‘ठगले पनि हामी दु:खीलाई ठग्दो रहेछ,’ दुलारीका श्रीमानले भने, ‘कम्तीमा यो पैसा आएको भए छोराको किताब त आउँथ्यो।’

मनोज महतोको ६ जनाको परिवार छ। ३ छोरा र एक छोरी सानै छन्। ज्यामीको काम गर्ने उनी लकडाउनले काम त गुम्यो नै घर खर्च चलाउन पनि निकै सास्ती भएको बताउँछन्।

‘दाताले केही न केही त दिएका छन् तर सधैँ अर्काले दिएकोले कहाँ पुग्दोरहेछ र,’ महतोले भने, ‘काम दिए बरु काम गरेर खर्च धान्न हुन्थ्यो।’ ज्यामीको काम पाउन पनि धौधौ परेको महतोले बताए। 

सरकारले बस्तीमा बाढी पस्ने बाटो रोकिदिए धेरै ठूलो गुन हुने बताउँछन् कटकबहादुर। ‘म यो सहरमा आउँदा १३ रुपैँयामा ज्यामी काम थालेको हुँ। अहिले १३ सय पुगिसक्यो,’ कटकबहादुरले भने, ‘मैजस्ता ज्यामीले काम गरेर पानी नपस्ने ठूलाठूला घर बने। तर म बस्ने घरको छेउमा जस्ताको तस्तै छ। के मान्छे सबै उहि हैन र? सरकारले यति बुझीदिए हुने।’ 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्