• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लकडाउनले काम गुम्यो, बागमतीको बाढीले घर डुबायो

64x64
प्रजु पन्त मंगलबार, साउन ६, २०७७  २१:१५
1140x725

काठमाडौं- थापाथलीस्थित बागमती नदीको किनारामा बसेर नदी हेर्दै टोलाइरहेका छन् कटकबहादुर थापा। उनलाई एउटै पिर छ- नदीले आफ्नो बाटो छोडेर आफ्नो घरभित्र पो पस्ने हो कि!

४९ वर्षीय थापा बागमती किनारामा बस्न थालेको १५ वर्ष भयो। बर्सेनी वर्षायामको राति राम्रोसँग निदाएको याद छैन उनलाई। सोमबार राति पनि छोरा र उनी पालो गरेर सुते।  ‘म यहाँ बस्न थालेको १५ वर्ष भयो,’ थापाले भने ‘वर्षा लाएपछि जहिल्यै बाढी पस्छ। वर्षामा रातभर सुत्न नपाएको जुगौँ भइसक्यो। सोमबार पनि नदीको पानी बस्तीमा पानी पसेछ।’

थापाका घरमा ९ जना सदस्य छन्। लकडाउनअघि  छोरी कस्मेटिक पसलमा र छोरा ड्राइभिङ गर्थे। थापा र उनकी श्रीमतीले ज्यामी काममा गरेको वर्षौं भइसक्यो। लकडाउनले सबैको काम गुम्यो। अहिले उनीहरु राहतको चामलले जेनतेन गुजारा त गरिरहेका छन् तर बाढीको त्रास लकडाउनको भन्दा बढ्ता छ। 

थापाथलीको बागमती किनारामा सुकुम्बासी बस्ती छ। झण्डै डेढ सय जति परिवार वर्षाैदेखि बसिरहेका छन्। तर बर्सेनी बागमतीमा आउने बाढीले भने उनीहरुलाई निश्चिन्त छाडेको छैन।

बर्सेनी नेपाल प्रहरीले पनि नाम टिपेर लैजाने गरेकाे छ। यो क्रम सुरु भएको पनि वर्षौं बितिसक्यो। तर सधैँ उस्तै पीडा खप्नुपरेको दुलारीदेवी सार्कीको भनाइ छ। ‘आज बिहान बाढी आयो कि आएन भनेर हेर्न प्रहरी आएका थिए,’ दुलारीदेवीले भनिन्, ‘वर्षैपिच्छे नाम टिप्छ, लैजान्छ केही हुने हैन। हाम्रो घर डुबेको डुब्यै छ।’

दुई लाइन घर रहेको सुकुम्बासी बस्तीमा तल्लो लाइनमा पर्छ दुलारीदेबीको घर। हिजो राति बाढी पसेर मझेरी पुरै हिलै बनाएछ। अहिलेसम्म ओभाएको थिएन। राति घरभित्र पानी पसेपछि उनीहरुले खाना खानै भ्याएनछन्। परिवारका सबै सदस्य मिलेर जति पानी पस्छ, उति पानी निकाल्ने काम गरिरहे। यति गर्दासम्म बिहान भइसकेको थियो।

‘हिजो राति त हामीलाई पानीले सुत्न दिएन,’ दुलारीको श्रीमान भागवतबहादुरले भने, ‘भान्सा, सुत्ने कोठा पूरै पानीले भरियो। खाना पनि खाइएन। सुत्न पनि पाइएन।’

Ncell 2
Ncell 2

नेपाल लाइभको टोली उनीहरूको बसोबास रहेको स्थानमा पुग्दा रातको निद्रा पुर्‍याउने तर्खरमा गर्दै थिए भागवतबहादुर।

000 

मनोज महतोको घर माथिल्लो लाइनमा छ। हिजो बेलुकीको बाढी उनको पिँढीछेउ आइपुग्यो। साना छोराछोरीलाई भित्र सुताएर उनका बूढाबूढी रातभर पिँढीमा बसेर पानीको दर्शन गरिरहे।

माथिल्लो लाइनमा घर भएको हुँदा पानी त पसेन। तर, बाढीको त्रास भने दुलारीदेवीलाई भन्दा कम थिएन। ‘पानी परेको बेला टोलका केटाहरु पालैपालो बाहिर बस्नुपर्छ,’ महतोले भने, ‘हिजो राती ४ घण्टा मेरो पालो परको थियो।’ बस्तीमा बाढी पस्न लाग्यो भने ‘ड्युटी’ बसेकाहरुले बस्तीलाई नै पूरै उठाउने गर्छन्। 

 

घरमाभित्र बाढी पसेपछि लक्ष्मी यादव ज्यान जोगाउन हिजो राती उठ्नै पर्‍यो। फरक शारीरिक क्षमताका उनका दुइ वटै खुट्टाको घुडाँदेखि तलको भाग छैन। ‘हिजो राती घरभित्र पानी पस्यो,’ यादवले भने, ‘टानामा बसिरहेको म ओछ्यान पूरै भिजेपछि उठ्नै पर्‍यो। हिजो धेरै गाह्रो भयो।’

उनी बसेको खाटमुनिको हिलो बिहानसम्म आलै थियो। भूईंमा ओछ्याइएको कार्पेट पूरै भिजेर हिलाम्य भएको थियो।

उनको आडैमा बसिरहेका महेन्द्र यादव पर्खाल राम्रोसँग नलगाइदिएर बाढी बस्तीमा बाढी पसेको भन्दै आक्रोशित देखिए। ‘दुई वर्ष अगाडि पर्खाल लगाउन आएको थियो,’ भित्र बसिरहेका यादव जुरुक्क उठेर बाहिर आउँदै भने, ‘पारी अग्लो पर्खाल । वारी यति सानो पर्खाल लाएर बाढी रोकिन्छ त? पारी ठूला घर भएर ठूला पर्खाल लगाएका हुन्?’

यादवको गुनासो २ वर्षअघि पर्खाल लगाउँदा अग्लो नबनाएकाेमा रहेछ। पारी पट्टि अग्लो पर्खाल लगाइएको सुकुम्बासी बस्ती पट्टि होचो पर्खाल लगाएर सरकारले आफूहरूमाथि विभेद गरेकोमा रहेछ।

‘हाम्रो पनि आफ्नै घर भएको भए यस्तो खोलाको किनारामा आएर बस्ने थिएनौँ होला,’ यादवले भने, ‘कम्तीमा सरकारी मान्छेले अग्लो पर्खाल लगाइदिएको भए हाम्रो बच्चाबच्ची त पानीमा रुज्दैनथेँ। चामल त भिज्दैनथ्यो।’

१५ वर्षदेखि यही बाग्मतीको किनारामा परिवारका साथ बसिरहेकी सावित्री माझीको पनि यादवको जस्तै तीतो अनुभव छ। ‘हाम्रो कुनैपनि पुस्ताको जग्गा भएन,’ कम्तीमा बसेको जग्गामा त पानी पसेर उठिबास नभए हुन्थ्यो जस्तो लाग्छ। तर फेरि उही हो। वर्षा आइहाल्छ। बाढी घरभित्रै पसिहाल्छ। हामी दुखीलाई जहिले नी उस्ताको उस्तै।’

माझीलाई १५ वर्षदेखि दुई वटा कुराले भने बिझाइरहँदो रहेछ। एउटा छोरो काखमा भएको बेला बाढी पसेर सुत्केरी अवस्थामा नै भिज्नुपरेको र अर्काे बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला यो बस्तीमा ड्रोजर चलेको। ‘बाढी त प्रकृति हो। आइहाल्छ,’ माझीले भनिन्, ‘उस्तै परे हामीलाई सरकारले त खेद्छ अरु त के कुरा गर्नू?’

औषधि खाने पैसा छैन 
दुलारीदेवी सार्की दुई वर्षदेखि मुटुको औषधि खाइरहेकी छन्। दुई वर्षअघि अकस्मात सास फेर्न गाह्रो भएपछि वीर अस्पताल पुर्‍याइएकी उनी महिनाको ३ हजारको औषधि खर्च लाग्ने बताउँछिन्।

‘लकडाउनभरि सरकारले एक महिनाको औषधि दिएको थियो,’ दुलारीले भनिन्, ‘बाँकी तीन महिना ओल्लोपल्लो घरमा पैसा मागेर औषधि किनेँ।’

उनका श्रीमान् सुन्धारामा जुत्ता सिलाउँथेँ। लकडाउन भएपछि उनको काम पनि सकियो। अहिले उनी बेरोजगार छन्। उनीहरुलाई सरकारले राहत त दियो तर लकडाउनभरिमा ५ केजी चामल, तेल र दाल। केही संस्थाले राहत त दिएका छन् तर औषधि दिएका छैनन्।

दुलारीलाई फलोअप गराउन नपाएर भागवतबहादुर तनावमा देखिन्छन्। ‘डाक्टरले यही महिनाको जेठमा आउनु भनेको थियो,’ भागवत भन्छन्, ‘खानलाई अन्न त छैन अस्पताल कसरी लैजानु?’

दुलारीदेवीका जेठा छोरा कक्षा १२ मा पढ्छन्। छोराको स्कुलबाट कक्षा १२ को किताब किन्न र अनलाइनबाट पढाउन व्यवस्था गरिदिन फोन आएको थियो। लकडाउनले काम गुमेको, बाढीले घर डुबेको बेला पैसा पनि नभएको कारण पुस्तक समेत किन्न सकेका छैनन्।

‘मेरो छोराले १२ पढ्न नपाउने भो,’ दुलारीले भनिन्, ‘स्कुलले किताब किन्न भनेको छ तर हामीले सकेका छैनौँ। कसैले किताब दिए पनि हुने।’

दुलारीका जेठा छोराले लकडाउन खुकुलो भएपछि ठेकेदारको काम पनि गरे। तर ठेकेदारले नै पैसा नदिएपछि आफूहरुको बिचल्ली भएको दुलारीले बताइन्। ‘ठगले पनि हामी दु:खीलाई ठग्दो रहेछ,’ दुलारीका श्रीमानले भने, ‘कम्तीमा यो पैसा आएको भए छोराको किताब त आउँथ्यो।’

मनोज महतोको ६ जनाको परिवार छ। ३ छोरा र एक छोरी सानै छन्। ज्यामीको काम गर्ने उनी लकडाउनले काम त गुम्यो नै घर खर्च चलाउन पनि निकै सास्ती भएको बताउँछन्।

‘दाताले केही न केही त दिएका छन् तर सधैँ अर्काले दिएकोले कहाँ पुग्दोरहेछ र,’ महतोले भने, ‘काम दिए बरु काम गरेर खर्च धान्न हुन्थ्यो।’ ज्यामीको काम पाउन पनि धौधौ परेको महतोले बताए। 

सरकारले बस्तीमा बाढी पस्ने बाटो रोकिदिए धेरै ठूलो गुन हुने बताउँछन् कटकबहादुर। ‘म यो सहरमा आउँदा १३ रुपैँयामा ज्यामी काम थालेको हुँ। अहिले १३ सय पुगिसक्यो,’ कटकबहादुरले भने, ‘मैजस्ता ज्यामीले काम गरेर पानी नपस्ने ठूलाठूला घर बने। तर म बस्ने घरको छेउमा जस्ताको तस्तै छ। के मान्छे सबै उहि हैन र? सरकारले यति बुझीदिए हुने।’ 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्