दी हेग- नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकाेप्टर समुद्रमा खसेको जनाएको छ। उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मन्त्रालयले उक्त हेलिकाेप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ। आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो। डच सेनाका प्रमुख रब बाउरले हेलिकाेप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिए।
हेलिकाेप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन। डच सैनिकहरुले हेलिकाेप्टरको ब्लाक बक्स खोजी कार्य सुरु गरेका छन्। सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भइसकेको जानकारी दिए।
(रासस–एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।