एजेन्सी–बंगलादेशमा बिरामीलाई कोरोनाको नक्कली नेगेटिभ प्रमाणपत्र दिएको आरोपमा १२ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ढाकाको एक अस्पतालका मालिकसमेत छन्।
बंगलादेशमा दैनिक १८ हजार कोरोना परीक्षण गरिएकोमा २ सातायता यो संख्या १० हजारमा सीमित भएको छ।
कोरोना परीक्षणमा घोटाला भएको समाचार सार्वजनिक भएपछि नागरिकहरुले परीक्षणप्रति विश्वास गर्न छाडेको बताइएको छ। बंगलादेशमा संक्रमितको संख्या २ लाखभन्दा बढी छ भने २ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।