एजेन्सी–भारतको बनारसमा टाउको खौरेर नेपालविरोधी नारा लगाउन लगाइएका व्यक्ति नेपाली नभई बनारसमै बस्ने भारतीय भएको प्रहरीले जनाएको छ। बिबिसी हिन्दीका अनुसार ती व्यक्तिका पिता अवकाशप्राप्त सरकारी कर्मचारी हुन् भने उनी बनारसमा एक सरकारी आवासमा बस्ने गर्छन्।
बनारसका प्रहरी प्रमुख अमित पाठकले भने, ‘घटनामा जुन व्यक्तिको कपाल खौरिएको भिडियो बनाइएको छ, उनी बनारसको भेलपुर थानाअन्तर्गत पर्ने जल संस्थानको सरकारी क्वार्टरमा बस्छन्, युवकका बाबु र आमा दुवै सोही कार्यालयमा काम गर्थे।’
ती व्यक्तिसँग भोटर कार्ड र आधार कार्ड पनि रहेको र उनका पूर्वज नेपालको कुन स्थानका थिए भन्नेबारे जानकारी नभएको पनि प्रहरीले जनाएको छ।
गत बुधबार बनारसमा बस्ने एक व्यक्तिलाई जबर्जस्ती टाउको खौरिएर जयश्रीराम लेख्नुका साथै उनलाई नेपाली प्रधानमन्त्रीविरुद्ध नारा लगाउन लगाइएको भिडियो भाइरल भएको थियो। भिडियोमा वरिपरी बस्ने व्यक्तिले पनि नेपालविरोधी नारा लगाइएको देखिएको थियो।
प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त अरुण पाठकलाई फरार छन् भने अन्य अभियुक्तहरु सन्तोष पाण्डेय, अमित दुबे, आशीष मिश्रा र राजु यादवलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।