• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सर्वस्वसहित जन्मकैद सजाय पाएका पूर्व डिआइजीलाई 'लुपहोल'बाट उन्मुक्ति

64x64
नारायण अधिकारी शनिबार, साउन ३, २०७७  १८:४९
1140x725

काठमाडौं- श्रीमती हत्या गरेको पुष्टि भएपछि सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी रञ्जन कोइराला अबको एक सातामा छुट्ने भएका छन्। हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका कोइराला कसरी जेल गएको साढे ८ वर्षमै कैदमुक्त हुन भए? यो प्रश्नको उत्तर खोज्न जिल्ला अदालतको फैसलादेखि पुनरावेदन हुँदै सर्वोच्चको फैसलासम्मको अध्ययन गर्नुपर्ने हुन्छ। 

आफ्नै श्रीमती गीता ढकाल (कोइराला)को २०६८ पुस २७ गते हत्या गरी शव जलाएको आरोपमा उनलाई काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते मुलुकी ऐन ज्यान सम्बन्धी महलको (१३) ३ बमोजिमको कसुर भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतको (१३) ३ बमोजिम आफूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको र उक्त फैसला आफूलाई चित्त नबुझेको भन्दै कोइरालाले पुनरावेदन दिएका थिए। पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) कोइरालाले गरेको पुनरावेदनको सुनुवाई गर्दै जिल्लाले सुनाएको सर्वस्वसहित जन्कमैदको फैसला नै सदर गरेको थियो।

‘जिल्ला अदालत र पुनरावेदन अदालतले कपोकल्पित र प्रमाणमाहरुलाई ग्रहण गरेर फैसला गरेको छ। मैले गीता ढकालको हत्या गरेको हो भन्ने वादी पक्षको वस्तुनिष्ठ प्रमाणले पुष्टि गर्न सकेको छैन। आरोपितको आपराधिक कार्य र आपराधिक मनसाय दुवैको स्वतन्त्र पुष्टि हुन सकेको छैन। जिल्ला र पुनरावेदनको फैसला बदर गरी पाऊँ’ भन्दै कोइरालाले सर्वोच्चमा पुनरावेदन दिएका थिए।

अझ कोइरालाले त अदालतमा गीतालाई आफूले मारेकै होइन भनेर इन्कारी बयानसमेत दिएका थिए। मुद्दामा गीताको हातको हड्डीको परीक्षण गर्ने भन्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएकोमा तिघ्राको हड्डीको परीक्षण गरेको प्रतिवेदन देखिन्छ। उक्त डिएनए परीक्षण प्रतिवेदनले गीता ढकालको मृत्यु भएको र मकवानपुरको मेत्राङ्ग जंगलमा जलाएको शव गीताकै हो भनी प्रमाणितसमेत नगरेको तर्क कोइरालाको थियो। उनी यही तर्कसहित सर्वोच्चसम्म पुनरावेदनमा पुगेका थिए। उनले भनेका थिए, ‘गीता ढकालको हत्या भएको भन्ने अकाट्य प्रमाणबिनै शंकाको भरमा मलाई दोषी करार गरिएको छ।’

अदालतमा पटकपटक इन्कारी बयान दिएपनि कोइरालाले अनुसन्धान अधिकारीसमक्ष भने गीताको हत्या आफूले गरेको भन्दै बयान दिएका थिए। अपराध स्वीकार गरेको, अनुसन्धानबाट गीताको हत्या रञ्जनले नै गरेको पुष्टि भएको डिएनए परीक्षणबााट पनि भएको, मकवानपुरमा भेटिएको शव गीताकै भएको र रञ्जनले आफ्नै गाडी बा ८ च ५४०८ नम्बरको गाडीमा गीताको शव हालेर मकवानपुर पुर्‍याएको, शव जलाएको बेला स्थानीयले रञ्जनलाई देखेको, रञ्जनका चालकले शव बाकेको गाडी धादिङसम्म पुर्‍याइदिएको जस्ता तथ्यले हत्यामा कोइरालाको संलग्नता रहेको पुष्टि गरेको थियो। 

तर सर्वोच्च अदालतले भने कानुनी 'लुपहोल'को प्रयोग गर्दै सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालालाई उन्मुक्ति दिएको छ। कानूनले दिएको विशेषाधिकारको दुरुपयोग गर्दै कोइरालालाई उन्मुक्ति दिएको देखिएको हो।अदालतमा इन्कारी बयान, र प्रहरीमा दिइएको चलाखीपूर्ण बयानलाई आधार बनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जनलाई उन्मुक्ति दिएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वस्वसहित जन्मकैदलाई जन्मकैदमा सीमित 
मुलुकी ऐनको ज्यानसम्बन्धी महलको (१३) ३ अनुसार कोइरालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। तर कोइरालाका हकमा सर्वोच्च अदालले घटना भएको ६ वर्षपछि जारी भएको मुलुकी अपराध संहिताको व्याख्या गर्दै सर्वस्वसहित जन्मकैदको फैसलालाई जन्मकैदमा झारेको पाइएको छ। 

सर्वोच्चले व्याख्या गरेको छ, 'मुलकी अपराध संहिता २०७४ मा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। संहिताको दफा १७७ (२) मा ज्यान मार्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको मात्र सयाज हुने भन्ने व्यवस्था रहेको देखिएकाले कोइरालाविरुद्धको सर्वस्वसहित जन्मकैदको फैसल बदर गरी जन्मकैदको मात्र सजाय हुने ठहर्छ।’

यो पनि पढ्नुहोस्

जिल्ला र उच्चको निर्णय उल्टाउँदै श्रीमती हत्या गरेका रञ्जनलाई साढे ८ वर्ष मात्र कैदको फैसलाशनिबार, साउन ३, २०७७

अपराध संहिताको दफा १७७ (२) मा ज्यान मार्न नहुने र ज्यान मारेमा जन्मकैद मात्र हुने भनेर उल्लेख गरिएको छ। सर्वस्वसहित जन्मकैदको व्यवस्था अहिले संहिताले हटाएको छ। सोही अनुसार कोइरालाविरुद्ध पनि सर्वस्वसहित जन्मकैदको फैसल बदर गरेर जन्मकैदमा झारेको कारण उल्लेख गरिएको छ।

लुपहोल प्रयोग गर्दै साढे ८ वर्ष मात्रै कैद सजाय
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले न्यायाधीशलाई विशेषाधिकार दिएको छ। त्यही विशेषाधिकारको दुरुपयोग गर्दै सर्वस्वसहित जन्ममैदको सजाय पाएका कोइरालालाई उन्मुक्ति दिने काम सर्वोच्चले गरेको पाइएको छ। 

ऐनको दफा १७ (क) मा लेखिएको छ, ‘प्रचलित कानून बमोजिम जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसुर गरेको कुरामा अदालतमा साबित भएको र मिसिलमा संलग्न प्रमाणबाट त्यस्तो साबिति साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिँदा त्यस्तो कसुर गर्दाको परिस्थितीलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खलाई रायसहितको फैसला गर्न सक्नेछ।’

न्यायाधीशलाई दिइएको यही विशेषाधिकारको दुरुपयोग गरेर कोइरालालाई जम्मा साढे ८ वर्ष कैद सजाय हुने फैसला गरिएको छ। यस्तो फैसला गर्नुको कारण पनि खुलाउनु पर्ने ऐनमा उल्लेख गरिएको छ। तर सर्वोच्चले गरिएको कारणले भने कैद घटाउनु पर्ने भन्ने पुष्टि नगर्ने एक कानुन व्यवसायी बताउँछन्।

विशेषाधिकारमा टेकेर गरेको फैसलाको कारणबारे सर्वोच्चले लेखेको छ, ‘आमाको मृत्यु र बाबु जेलमा हुँदा उनीहरुको दुई नाबालक छोराहरुको हेरचाह, संरक्षण एंव शिक्षादिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पार्ने भएकाले जन्मकैदको सयाज चर्को पर्ने हुँदा साढे ८ वर्षको कैद हुने फैसला गरिन्छ।’

सर्वोच्चले नाबालक भनिएका कोइरालाका दुई छोरा भने अहिले नाबालक छैनन्। हत्या भएको बेला जेठा छोरा १४ वर्षका भइसकेका थिए भने कान्छा छोरा ११ वर्षका थिए। अहिले उनीहरु २३ र १९ वर्षका भइसकेका छन्।

सर्वोच्चले कोइरालालाई साढे ८ वर्षमात्रै कैद सजाय गर्नुपर्ने कारणबारे उनको चलाखीपूर्ण बयानलाई आधार मानेको छ। कोइरालाले चलाखीपूर्ण बयान दिँदै भनेका थिए, ‘२०६८ पुस २७ गते गीताले व्यापार गर्न भारत जान भन्दै ४, ५ लाख रुपैयाँ माग गरेको, पैसा छैन भनेर घरबाट निस्केर जान लाग्दा ज्याकेट तान्दै गाली गरेको, तानातानको क्रममा हात हालहाल भएको, सोही क्रममा धकेल्दा भित्तामा बजारिन पुगेको र अचेत भई मृत भइन्।’

यो पनि पढ्नुहोस्

श्रीमती हत्या गर्ने सशस्त्रका तत्कालीन डिआइजी कोइरालालाई सर्वोच्चले पनि गर्‍याे दोषी ठहरशनिबार, साउन ३, २०७७

सोहीअनुसार कोइरालातर्फबाट अधिवक्ताहरुले बहस गरेका थिए। हराएको भनिएको भोलिपल्ट गीताको शव भेटिएको तर अस्थिपञ्जर पहिचान नभएको, 'अटप्सी' रिपोर्टमा मृत्युको कारण नखुलेको, गीताको हत्या गर्नुपर्ने कारणसम्म नभएको र वरदाताको प्रकृतिबाट कोइरालालाई कम सजाय हुनुपर्ने माग गरिएको थियो। 

यही बयानलाई आधार बनाएर मार्ने नियतले भन्दा पनि रिसको आवेशमा आएर धकेल्दा ज्यान गएकोले उक्त सजाय बढी हुने निष्कर्ष निकाल्दै साढे ८ वर्ष कैदको फैसला सर्वोच्च गरेको देखिन्छ। जबकी चीनमा तालिमा रहेका कोइराला त्यसबेला हत्या गर्ने योजनासहित काठमाडौं आएर हत्या गरेको देखिएको अनुसन्धानबाट खुलेको थयो।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्