• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रीमती हत्या गर्ने सशस्त्रका तत्कालीन डिआइजी कोइरालालाई सर्वोच्चले पनि गर्‍याे दोषी ठहर

64x64
नेपाल लाइभ शनिबार, साउन ३, २०७७  १२:२०
1140x725

काठमाडौं– सर्वोच्च अदालतले श्रीमतीको हत्या गरी जलाएको आरोपमा सशस्त्रका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई दोषी ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको इजलाशले कोइरालाको मुद्दामा फैसला सुनाएको हो।

असार १५ गते भएको फैसलामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै कोइरालालाई अपराधबाट उन्मुक्ति दिन नमिल्ने ठहर गरेको हो। २०७३ जेठ २३ गते कोइराला र तारा रेग्मीसहितलाई विपक्षी बनाउँदै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। कोइरालाको हकमा उच्च र जिल्लाले दोषी ठहर गरे पनि प्रेमिका रेग्मीको हकमा फैसला चित्त नबुझेको भन्दै सरकारी पक्ष सर्वोच्च पुगेको थियो। सरकारको पुनरावेदन लगत्तै कोइराला पक्षबाट पनि मुद्दा सर्वोच्च लगिएको थियो। उक्त मुद्दामा चार वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।

जिल्ला अदालतले २०७१ बैशाख ७ गते श्रीमती हत्यको अभियोगमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। जिल्लाले कोइरालाकी प्रेमिका तारा रेग्मीलाई एक वर्ष कैद सजाय सुनाएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायधीश मोहम्मद जैनुद आजादको इजलासले पूर्वडिआइजी कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो।

२०६८ पुस २७ गते कोइरालाले बूढानिलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरकाे टिस्टुङमा जलाएको पाइएको थियो।

यसरी सुरु भयो घटना 
डिआइजी कोइराला र श्रीमती गीता कोइरालाकाे सम्बन्ध राम्रो थिएन। उनीहरु अलग अलग बस्दै आएका थिए। उनीहरुका २ वटा छोरा थिए।

एक्कासी गिता ढकाल बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे। तर, पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर माइती पक्षले हनुमानढोकामा उजुरी दिर्ता गराए।

तत्कालीन समयमा हनुमानढोकमा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। त्यतीबेला यो निकै  हाइप्रोफाइल अपराधको घटना थियो। बहालवाला डिआइजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेको थियो। यसको अनुसन्धान पनि निकै जटिल र दवावपूर्ण थियो।

प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन, तर रञ्जनलाई पक्राउ गर्न चर्को दबाब  थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्त्व दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यही दबाबका बीचमा प्रहरीले रञ्जनलाई बयानमा बोलायो। उनी उपस्थित भए र हरेक पटक अस्वीकार गरे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्ने, कतै गई हाेली,’ उनले यस्तो बयान दिने गरेका थिए। तर, माइती पक्षले भने उनैले अपहरण गरेको जिकिर गरिरहेका थिए।

रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त थियो। त्यतिबेला उनीहरु छुट्टएिर बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासँग बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएकाे थियाे।

रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो। गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको क्लु प्रहरीलाई हात लाग्यो। त्यसपछि प्रहरीले हरेक गतिविधिमाथि निगरानी बढायो।

२०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँ नजिक यसरी शव जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थाले। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगे। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हनुमानढोकका रञ्जन पुगेको खबर लगत्तै पक्राउ गर्न सर्कुलर गरियो।  त्यहाँबाट फर्किने क्रममा नागढुंगामा पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। शवको डिएनए टेष्ट गरियो त्यसबाट पनि शव गीताकै भएको प्रमाणित भयो।

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि शवसलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर, लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।

दोस्रो प्रेमले हत्यासम्म पुर्‍यायो 
पोखराका रञ्जन र काठमाडौंकी गीताबीच २०५० जेठ ३१ गते मागी विवाह भएको थियो। विवाहकाे केही समय उनीहरुको सम्बन्ध राम्रै चल्यो। तर, केटी भनेपछि हुरुक्क हुने रञ्जनको स्वभावले सम्बन्धमा दरार आउन थाल्यो। यसबीचमा उनीहरुका दुई छोरा पनि जन्मिए।

कान्छो छोरा जन्मिदासम्म अर्थात् २०५७ सम्म रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन्। त्यसपछि उनीहरुसँगै बस्ने अवस्थामा रहेन। गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन्। रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे। एउटा छोरा बुबासँग र एउटा आमासँग बस्थे।

यसैबीच उनीहरुमा सम्पत्तिको झगडा सुरु भयो। गीताले ०६८ मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाउँ भन्दै अंशमुद्दा हालिन्। अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो। सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेका हुन्।

हत्याको योजनामा रञ्जनकी प्रेमिकाको पनि संलग्नता रहेको आधारमा उनलाई पनि छानविनको दायरामा ल्याइयो। अदालतले २०७१ बैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। उनी हाल डिल्लीबजार कारागारमा जेल सजायँ काटिरहेका छन्। उनकी प्रेमिका तारा रेग्मीलाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजायँ सुनाइएको थियो।

मन्त्रिपरिषद्‌ले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त पनि गरेको थियो।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्