काठमाडौं– भारतीय अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन्। गत आइतबार कोरोना संक्रमण पुष्टि भएकी ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका हुन्।
उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुकाे उपचार सुरु भएकाे छ।झण्डै एक साताअघि नै संक्रमण पुष्टि भएपनि लक्षण देखिएकाले घरमै क्वारेन्टाइनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना हुन्।
यसअघि गत शनिबार काेराेना पुष्टि भएका बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक नानावटी अस्पतालमा उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।