एजेन्सी–इन्डोनेसियाको सुलावेसी टापुमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका छन्।
गत सोमबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बस्तीहरू डुबानमा परेको र ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हराइरहेका ६६ जनाको खोजी तथा उद्धार भइरहेको पनि जनाइएको छ।
बाढीले लुहू क्षेत्रका कम्तीमा १४ हजार परिवारको घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। उनीहरूलाई टेन्ट र अस्थायी टहरा बनाई व्यवस्थापन गरिएको सरकारी अधिकारीले बताएका छन्।
बाढीले ल्याएको माटोले हजारौँ घरलाई पुरेको बताइएको छ। कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात बिताइरहेका छन् भने बाढी प्रभावित केहीलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।