काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जित्दा बार्सिलोना भने कमजोर टिमसँग पनि अनपेक्षित हारको सिकार हुन पुग्यो। बिहीबार राति भिल्लारियलमाथि २–१ गोलको जित निकाल्दै ला लिगाको उपाधि आफ्नो पोल्टामा पार्दा बार्सिलोना भने कमजोर ओसासुनासँग पनि २–१ ले स्तब्ध बन्यो।
बार्सिलोनाले उपाधि जित्न रियल मड्रिडले भिल्लारियल र बाँकी अर्को खेलमा हार्नै पर्ने थियो। यता बार्सिलोनाले भने बाँकी दुवै खेलमा शतप्रतिशत नतिजा निकाल्नुपर्ने स्थिति थियो। तर, रियलले जितेसँगै उपाधि आफ्नो पोल्टामा पारेको हो।
यता ओसासुनासँगको हारसँगै बार्सिलोनाको धेरै कमजोरी केलाउने ठाउँहरु छन्। सुरुवाती समयदेखि लिगको शीर्ष स्थानमा रहँदै गएको बार्सिलोनाको ३० औं खेलपछि नराम्ररी खस्किएको थियो।
ओसासुनाको लागि कप्तान लियोनल मेस्सीले ६२औं मिनेटमा गोल गरे। तर, यो गोल जितको लागि पर्याप्त बनेन। कप्तान मेस्सी सोच्दै नसोचेको भएको बताउँछन्। कप्तान मेस्सी भन्छन्, ‘यसरी लिग सकाउँछौं भनेर हामीले सोचेका थिएनौं।’
यो सिजन मात्रै मेस्सीले बार्सिलोनाका लागि २३ गोल गरे। स्पेनिस ला लिगामा सर्वाधिक गोल गरे पनि मेस्सीले आफ्नै कप्तानीमा यो सिजनको उपाधि बार्सिलोनालाई दिलाउन असफल भए।
‘यदी च्याम्पियन्स लिगमा राम्रो गर्ने हो भने हामीले केही कुरा परिवर्तन गर्नै पर्छ,’ कप्तान मेस्सी थप्छन्, ‘हामीले धेरै अंक गुमायौं। हामीले राम्रो गर्न सक्थ्यौं। तर सकेनौं। हामी खेलाडी मात्रै हैन क्लबले पनि आफ्नो आत्मालोचना गर्नु पर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।