काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। बिहीबार भएको खेलमा युनाइटेडले घरेलु टिम क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको हो।
युनाइटेडको जितमा मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले गोल गरे। पहिलो हाफको अन्तिम समयमा गोल गर्दै राष्फोर्डले युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो।
खेलको ७८औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए।
पाँचौं स्थानमा रहेको युनाइटेडले जितसँगै प्रिमियर लिगमा ३६ खेलबाट ६२ अंक बनाएको छ। पराजित क्रिस्टल प्यालेस भने ३६ खेलबाट ४२ अंक बनाउँदै लिगको १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।