काठमाडौं- विश्व फुटबल वरियतामा नेपाल १ सय ७० औँ स्थानमा रहेको छ। दक्षिण एसियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको छ। वरियता गएको महिनाको जस्तै यथावत रहेको हो।
यसअघि गएको असोजमा नेपाल फिफा वरियतामा १ सय ६१औँ स्थानसम्म पुगेको थियो। त्यसपछि कात्तिकमा एकैपटक १ सय ६७औँ स्थानमा पुगेको नेपाल मंसिरमा १ सय ७०औँ स्थानमा थियो। त्यसयता नेपालको वरियता परिवर्तन भएको छैन।
दक्षिण एसियाको शीर्षमा रहेको भारत १ सय ८ औँ स्थानमा पुगेको छ। दोस्रो स्थानको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ। नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ। नेपालपछि बंगलादेश १ सय ८७औँ स्थानमा छ। भुटान १ सय ८९ औँ स्थानमा, पाकिस्तान २ सयौँ र श्रीलंका २ सय ६ औँ स्थानमा छन्।
यी हुन् विश्व वरियतामा शीर्ष १५ देश-
बेल्जियम, फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, उरुग्वे, क्रोयसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना, कोलम्बिया, मेक्सिको, स्वीट्जरल्याण्ड, इटाली, नेदरल्याण्ड्स, जर्मनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।