काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई १-० गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा ओलिभर जिराउडले गोल गरे। पहिलो हाफको अन्तिम समयमा जिराउडले हेडर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले दोस्रो हाफमा पनि नर्विच सिटीमाथि अग्रता कायमै गर्दै जित हात पारेको हो।
तेस्रो स्थानमा रहेको चेल्सीको यो जितसँगै ३६ खेलबाट ६३ अंक भएको छ। पराजित नर्विच सिटी भने ३६ खेलबाट २१ अंक बनाउँदै लिगको पुछारमा छ।
प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसकेको छ। ३५ खेल खेलेको लिभरपुलको ९३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ७२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।